यी महिलाले ६ बच्चालाई दिइन एकसाथ जन्म , सबै शिशु स्वस्थ

यी महिलाले ६ बच्चालाई दिइन एकसाथ जन्म , सबै शिशु स्वस्थ

टेक्सासको ह्युस्टनमा एक महिलाले ६ बच्चालाई एकसाथ जन्म दिएकी छिन् । अन्तराष्ट्रिय मिडियाका अनुसार जन्म भएका सबै बच्चा स्वस्थ भएको बताइएको छ ।

थेलमा चाइका नाम गरेकी ती महिलाले शुक्रबार बिहान ४ बजेर ५० मिनेट देखि ४ बजेर ५९ मिनेटको बीचमा ४ छोरा र २ छोरी गरी ६ बच्चालाई जन्म दिएकी थिइन् ।शिशुहरुको तौल ७ सय ९० ग्राम देखि १ दशमल ३ किलोसम्म छ ।

थेलमाले आफ्नी छोरीहरुको नाम जीना र जुरियल राखिसकेकी छन् तर चार छोराहरुको नाम भने राख्न बाँकी नै छ । विश्वभरि ४ दशमलव ७ अर्ब डेलिभरीमा यस्तो घटना एकपटक मात्र हुने न्युज एजेन्सी भाषाले जनाएको छ ।