धनगढीको मेयर पदका स्वतन्त्र उम्मेदवार हमालद्धारा प्रतिबद्धतापत्र सार्वजनिक [सूचीसहित]

धनगढीको मेयर पदका स्वतन्त्र उम्मेदवार हमालद्धारा प्रतिबद्धतापत्र सार्वजनिक [सूचीसहित]

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । शुक्रबार धनगढीमा पत्रकार सम्मेलको आयोजना गर्दै स्वतन्त्र पदका उम्मेदवार हमालले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

''हाम्रो धनगढी, हामी बनाउँछौँ'' भन्ने मूलमन्त्रका साथ आगामी पाँच वर्षका लागि गरिने मुख्य मुख्य काम तथा योजनाहरूसहितको प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो । उपमहानगरपालिकालाई आगामी ५ वर्षमा मुलुककै सुन्दर, समुन्नत र नमुना शहर बनाउने हमालले प्रतिबद्धता व्यक्त गरे ।

हमालले पहिलो बुँदामा नै उप–महानगरपालिका तथा वडा कार्यालयहरूलाई भ्रष्टाचार मुक्त बनाइने उल्लेख गरेका छन् । यस्तै उप–महानगरपालिकामा रहेका हालसम्मका पेश्की तथा बेरुजु रकमहरू असुल उपर गरी बेरुजुलाई शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

भ्रष्टाचार नियन्त्रण सुशासन र पारदर्शी सेवा प्रवाह : 

१. धनगढी उप–महानगरपालिका तथा वडा कार्यालयहरूलाई भ्रष्टाचार मुक्त बनाइनेछ ।

२. उप–महानगरपालिकामा रहेका हालसम्मका पेश्की तथा बेरुजु रकमहरू असुल उपर गरी बेरुजुलाई          शून्यमा झारिनेछ ।

३. विकास निर्माणका कार्यहरू संचालन गर्दा उपभोक्ता समितिहरू गठनमा वास्तविक उपभोक्ताहरूलाई प्रोत्साहित र सहभागी गराइनेछ ।

४. विकास बजेट खर्च हुन नसक्ने परिपाटीको अन्त्य गरी हरेक आर्थिक वर्षमा विकास बजेट पूर्णरुपले खर्च हुने व्यवस्था गरिने छ ।

५. कार्यालय प्रशासन सुधार गरी जनतालाई चुस्तदुरूस्त सेवा सुविधा प्रदान गर्न कर्मचारीहरूलाई तालिम, दण्ड र पुरस्कारको व्यवस्था गरिनेछ ।

६. तालिम, सेमिनार आदिका नाममा भइरहेका उपलब्धीविहीन खर्चहरूलाई व्यवस्थित गरी प्रत्यक्ष रूपमा उपयोगी र उत्पादनशील हुने गरी व्यवस्थापन गरिनेछ ।

७. उप–महानगरपालिका तथा वडाहरूबाट प्रदान गरिने सेवाहरूलाई डिजिटलाइजेसन गरिने छ ।

८. अव्यवस्थित बसोबास तथा ऐलानी जग्गाहरूको तथ्यांकलाई डिजिटलाइजेसन गरी छिटोभन्दा छिटो लालपुर्जा वितरण गर्न विशेष महत्वका साथ समन्वय गरिने छ ।

शिक्षा :

१. कैलाली बहुमुखी क्याम्पस, फुलबारी बहुमुखी क्याम्पस, ऐश्वर्य बहुमुखी क्याम्पस लगायत सम्पूर्ण सामुदायिक क्याम्पसहरूको पूर्वाधार विकासलगायत शैक्षिक विकासका लागि विशेष महत्वका साथ कार्यक्रम सञ्चालन गरिनेछ ।

२. उप–महानगरपालिकाको बजेटमा शिक्षालाई उच्च प्राथमिकता दिई सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार स्तरोन्नति  गरिने छ ।

३ सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूलाई कार्यदक्षता र कार्यसम्पादनका आधारमा पुरस्कृत हुने गरी शिक्षा सुधारका लागि उत्प्रेरित गरिनेछ ।

४. विद्यालयहरूमा प्राविधिक शिक्षालाई प्राथमिकता दिइनेछ र नयाँ प्राविधिक विषयहरू थप गरिनेछ ।

५. सामुदायिक विद्यालयहरूमा बालमैत्री मन्टेसरी विधिबाट अध्यापन गराउने व्यवस्था मिलाइनेछ ।

६. सामुदायिक विद्यालयहरूमा नैतिक शिक्षा, खेलकुद, योग, गीत–संगीत, चित्रकला आदिमा विशेष जोड दिइनेछ ।

७. रोजगारमूलक तथा उद्यमशील बन्ने गरी शिक्षालाई व्यावहारिक, रोजगारीमूलक बनाउन प्रयत्न गरिनेछ ।

८. समाजमा विकृतिका रूपमा रहेको लागुपदार्थ तथा दुव्र्यसनीको समस्या न्यूनीकरणमा नगरमा रहेका विभिन्न युवा क्लबहरूसँग समन्वय गरी विभिन्न किसिमका रचनात्मक कार्यक्रमहरू संचालनमा ल्याइनेछ ।

९. धनगढी उप–महानगरमा खेलकुद विकास गरी खेल शहरको रूपमा चिनाउने । 

स्वास्थ्य :

१. दीर्घरोगी जस्तैः क्यान्सर, किड्नी, कलेजो, मुटु रोगी, जस्ता जटिल बिरामीको उपचारमा उप–महानगरपालिकाबाट विशेष सहयोग गर्ने व्यवस्था गरिने छ ।

२. उप–महानगरपालिकाका सबै वडामा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिनेछ ।

३. स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रयास गरिने छ ।

४. ज्येष्ठ नागरिक तथा मातृशिशुको स्वास्थ्यलाई महत्वका साथ प्रत्येक वडाहरूमा घुम्ती विशेषज्ञ सेवा प्रदान गर्ने व्यवस्था मिलाइनेछ ।

५. उप–महानगरका सबै वडाहरूमा शुद्ध, सफा र स्वच्छ खानेपानीको व्यवस्थाका लागि पहल गरिनेछ ।

६. उप–महानगरमा रहेका स्वास्थ्य चौकी तथा अस्पतालहरूको स्तरवृद्धि गरेर सेवालाई चुस्त दुरूस्त र प्रभावकारी बनाइनेछ ।

सामाजिक सुरक्षा कार्यक्रम :

१. सामाजिक सुरक्षा अन्तर्गत वृद्धभत्ता सेवाग्राहीको खातामा जम्मा हुने अथवा घरमै पु¥याउने व्यवस्था गरी बैंकमा लाइन लाग्नुपर्ने झन्झटिलो व्यवस्थाको अन्त्य गरिनेछ ।

२. एयरपोर्ट तथा अन्य विकास निर्माणका कार्यहरू गर्दा सरकारबाट अधिग्रहण गरिने जग्गाको मुल्यांकन गर्दा बजार मूल्यभन्दा कम नहुने गरी गर्ने व्यवस्थाका लागि प्रयास गरिनेछ ।

३. उप–महानगरपालिकामा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी जस्ता क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तित्वहरूलाई ‘धनगढी तारा’ पदकद्वारा सम्मान गरिने व्यवस्था लागू गरिनेछ ।

४.अनाथ, असहाय, बालबालिका तथा असक्त जेष्ठ नागरिकहरूको व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी उप–महानगरपालिकाले लिने व्यवस्था मिलाइनेछ ।

५. राना तथा चौधरी समुदायका भलमन्सा प्रथालाई कानुनी वैधता प्रदान गरिने छ र विकास निर्माणका कार्यहरूमा भलमन्साहरूलाई सहभागी गराउने व्यवस्था गरिनेछ ।

६. महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गरी सामुहिकरूपमा महिलाहरूलाई उद्यमशील कार्यमा संलग्न गराउने कार्यक्रम तत्काल लागू गरिनेछ ।

७. अपाङ्गता, दलित, अल्पसङ्ख्यक, जनजाति, विपन्न वर्ग उत्थानका लागि सीपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने गरी योजनाहरू कार्यान्वयन गरिनेछ ।  

८. प्रत्येक वडामा १÷१ वटा सामुदायिक भवन निर्माण गरिनेछ ।

९. थारू तथा राना समुदायका संस्कृति एवं देउथानहरूको संरक्षण तथा संवद्र्धन गरिनेछ ।

१०. उप–महानगरपालिकामा चौधरी र राना समुदायहरूबाट १÷१ जना ‘‘सम्पर्क अधिकारी’’ राखिनेछ ।

कृषि पर्यटन व्यापार व्यवसाय रोजगारी प्रवद्र्धन :

१. उप–महानगरमा एक वडा एक उत्पादन कार्यक्रमलाई लागू गरेर कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरण गरिनेछ ।

२. समयमै मल, बीउ आपूर्ति सुनिश्चिता गर्ने प्रयास गरिनेछ ।

३. वार्षिक तीन बाली उत्पादन कार्यक्रम लागु गरी गहुँ पछि मुँग खेती लगाउने व्यवस्था मिलाई            किसानहरूको आम्दानी वृद्धि गर्ने कार्यक्रम लागू गरिनेछ ।

४.कृषि उपजको विक्री वितरण व्यवस्थित गर्नका साथै थोक तथा खुद्रा कृषि हाट बजारको व्यवस्था गरिनेछ ।

५. शीतगृह निर्माणका लागि पहल गरिनेछ ।

६. कृषिमा सिँचाईको महत्वलाई मुख्य प्राथमिकता दिई किसानहरूको आय आर्जन बढाउन भूमिगत सिँचाई, ग्रामिण विद्युतीकरण अन्तर्गत सिँचाइको सुविधा प¥याइनेछ ।

७. माछा, मासु उत्पादन गर्ने कृषकहरूको आयवृद्धिका लागि पशुपन्छी व्यवसायीसँग पीपीपी मोडेलमा माछा मासु  फ्रोजन उद्योग तथा आधुनिक वधशाला निर्माण गरिनेछ ।

८. छाडा गाई वस्तुहरूलाई व्यावसायिक रूपमा व्यवस्थापन गर्ने कार्यलाई उच्च महत्व दिइनेछ ।

९. नगरमा उद्योग सञ्चालन गर्न विशेष सहुलियत प्रदान गरिनेछ ।

१०. प्रत्येक वडामा कृषि प्राविधिक सेवा पु¥याउने व्यवस्था गरिनेछ ।

११. कृषि एप निर्माण गरी कृषकका उत्पादनहरूको बजार पहुँच सुनिश्चितता गरिनेछ ।

१२. एग्रो फरेष्ट्रीको अवधारणा लागू गरेर किसानको आयआर्जन वृद्धि गरिनेछ ।

१३. खुद्रा तथा फुटपाथ व्यवसायीहरूका लागि मुख्य बजारनजिकै ठाउँ उपलब्ध गराएर उचित व्यवस्थापन गरिनेछ ।

पर्यावरण तथा स्वच्छ, सफा धनगढी :

१. शहरको फोहरमैला व्यवस्थापनका लागि वैज्ञानिक विधि अपनाइनेछ ।

२. वृक्षरोपणलाई विशेष महत्व दिई धनगढी उप–महानगरलाई हराभरा, सुन्दर बनाइनेछ ।

३. निजी र सरकारी पहलमा शौचालय तथा रेष्टुरेन्ट सहितको पार्किङ सुविधाको व्यवस्था गरिनेछ ।

४.सार्वजनिक जग्गाको पहिचान गरी तिनमा बाल उद्यान, ज्येष्ठ नागरिक आनन्दालय, खेलमैदान बनाइनेछ ।

५. खोलानालाको अतिक्रमण हटाएर ग्रिन बेल्ट जगिङ साइट तथा साइकल लेन बनाइने छ ।

६. पर्यावरणीय सुधारका लागि उप–महानगरमा प्लाष्टिक प्रयोगलाई न्यूनीकरण गरिनेछ ।

७. वर्षांैदेखि बसोबास गर्दै आएका तर हालसम्म पनि जग्गा धनीपुर्जा प्राप्त गर्न नसकेका परिवारहरूको लगत संकलन गरी कानुनी प्रकृया पुरा गरी जग्गा धनीपुर्जा वितरण गरिने कार्यलाई प्राथमिकता दिइनेछ ।

योजनाबद्ध पूर्वाधार विकास :

१. धनगढी उप–महानगरपालिका बासिन्दाले भोग्दै आएको डुबान समस्यालाई मुख्य समस्याका रूपमा ग्रहण गरी त्यसको दीगो समाधान गरिनेछ ।

२. धनगढी नगरको सुन्दरतामै नराम्रो प्रभाव पारिरहेको जीर्ण अवस्थामा रहेको क्याम्पस चोकदेखि चौराहसम्मको मूल सडक कालोपत्र गर्ने कार्यलाई विशेष प्राथमिकता दिइनेछ ।

३. उप–महानगरको अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरूयोजना बनाई पहुँचका आधारमा नभई आवश्यकता र प्राथमिकताका आधारमा विकास योजनाहरू सञ्चालन गरिनेछन ।

४. नदी नियन्त्रणका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समन्वय गरी तटबन्धका कार्यक्रम तदारूकताका साथ लागु गरिनेछ ।

५. बेहडाबाबा मन्दिर, जोखर ताल,  शिवपुरी धाम, नेतुवा ताल लगायतका अन्य सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको गुरूयोजना बनाई तिनको संरक्षण र विकास गरिनेछ ।

६. निर्माणाधीन परियोजनाहरूलाई समयमै पूरा गर्ने व्यवस्था गरिनेछ ।

७. सडक लगायत अन्य विभिन्न पूर्वाधार निर्माण गर्दा निर्धारित मापदण्ड अनुसार सडकको क्षेत्राधिकार घटाइने छैन ।

८.धनगढी नगरको स्थानीय यातायातमा महत्वपूर्ण भूमिका रहेका स्वरोजगार अटोरिक्सा र टेम्पो व्यवसायीहरूलाई व्यवस्थित गरी चार्जिङ्ग सहितको पार्किङ्ग स्थलहरू निर्माण गरिनेछ ।

९. यस नगरमा रहेको महत्वपूर्ण बेहडाबाबा मन्दिरमा आउने भारतीय श्रद्धालुहरूलाई ध्यानमा राख्दै भारतीय पर्यटकहरूबाट स्थानीय आयआर्जनमा टेवा पु¥याउने, मन्दिरसम्म पुग्ने सडक तथा शिवगङ्गा नदीमा पुल निर्माणलाई मुख्य प्राथमिकतामा राखिनेछ ।

१०. विभिन्न नदी नालाहरूमा निर्माण हुन बाँकी स्थानहरूमा पुल निर्माण कार्यलाई तत्काल प्राथमिकतामा राखिनेछ ।

११. धनगढी नगरभित्रमा टेलिफोन सुविधा नपुगेका स्थानहरूमा टेलिफोन सेवा पु¥याइनेछ । धनगढी उप–महानगरपालिकाको मेयरमा विजयी भएपछि मेयरले पाउने भत्ता, गाडी, इन्धन, यातायात, होटेलबास लगायतका कुनै पनि सुविधा नलिने र नगरबासीको भलाईका लागि मेरो विवेकले जानेसम्म इमान्दारीपूर्वक अहोरात्र खटिएर सेवामा समर्पित हुनेछु । सेवाको अवसर प्रदान गर्नुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।