हमाल भन्छन्-'गठबन्धन भएपनि मलाई असर पर्दैन, बाडिचुडी खानेलाई जनताले पत्याउदैनन्'

हमाल भन्छन्-'गठबन्धन भएपनि मलाई असर पर्दैन, बाडिचुडी खानेलाई जनताले पत्याउदैनन्'

धनगढी । धनगढी उप-महानगरपालिकाका स्वतन्त्र पदका उम्मेदवार गोपाल हमालले पाँच दलीय गठबन्धनले आफूलाई कुनै पनि असर नगर्ने बताएका छन् । शुक्रवार धनगढीमा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै हमालले यस्तो बताएका हुन् ।

उनले मतदाताहरू शिक्षित भइसकेका कारण गठबन्धनले आफूलाई असर नगर्ने बताए । ''बाडिचुडी खाने गठबन्धनलाई जनताले पत्याउँदैनन्,'उनले भने,'मतदाताहरू शिक्षित छन् मलाई कुनै पनि असर पर्दैन ।'' साथै उनले गठबन्धन के का लागि भन्दै प्रश्न गरे ।

यही वैशाख ३० गते हुने निर्वाचनमा सत्तारुढ दलले धनगढीमा पनि गठबन्धन बनाएर चुनाव लड्ने घोषणा गरिसकेको छ । जसमा मेयर पद नेपाली कांग्रेस र उपमेयर पद माओवादी केन्द्रले पाउने गठबन्धनले सहमति गरेको छ ।

यस्तै हमालले ''हाम्रो धनगढी, हामी बनाउँछौँ'' भन्ने मूलमन्त्रका साथ आगामी पाँच वर्षका लागि गरिने मुख्य मुख्य काम तथा योजनाहरूसहितको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । उपमहानगरपालिकालाई आगामी ५ वर्षमा मुलुककै सुन्दर, समुन्नत र नमुना सहर बनाउने हमालले प्रतिबद्धता व्यक्त गरे ।

हमालले पहिलो बुँदामा नै उप–महानगरपालिका तथा वडा कार्यालयहरूलाई भ्रष्टाचार मुक्त बनाइने उल्लेख गरेका छन् । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ ।

यस्ता छन् प्रतिबद्धताहरु :

No description available.No description available.No description available.