अपमान होईन, उद्देश्य नमिल्दा अन्य दलबाट प्रस्ताव आउँदा पनि स्वतन्त्र उम्मेदवार बने: हमाल

अपमान होईन, उद्देश्य नमिल्दा अन्य दलबाट प्रस्ताव आउँदा पनि स्वतन्त्र उम्मेदवार बने: हमाल

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढी उप-महानगरपालिकाका नगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाल (गोपी दाइ)ले हनुमानले राम खोजे जस्तै आफ्नो लक्ष नमुना धनगढी बनाउनुभएको बताएका छन् । शुक्रवार हमालले धनगढीमा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै धनगढी लाई नमुना सहर बनाउने लक्ष्य स्पष्ट रहेको धनगढी वासीले साथ दिए गरेर देखाउने स्पष्ट पारेका हुन् ।

‘हाम्रो धनगढी, हामी बनाउँछौँ’, भन्ने नारा तथा आगामी पाँच वर्षका लागि गरिने मुख्य मुख्य काम तथा योजनाहरू सहितको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै पत्रकारहरू सँगको अन्तरक्रियाका क्रममा रामायणको एक अंशमा सिताले हनुमानलाई दिएको मोतीको हार टोक्दै फाल्दै राम खोजे जस्तै आफूले पनि विभिन्न पार्टीबाट मेयर पदको टिकट दिँदा पनि नमुना धनगढी बनाउने लक्षका साथ स्वतन्त्र उम्मेदवारी दिएको स्पष्ट पारेका छन् ।

"रामायणमा सिता जीले हनुमानलाई मोतीको हार दिनुभयो त्यो हनुमान जीले टोक्दै फाल्दै टोक्दै फाल्दै गर्नुभयो । सिता जीले किन टोकेको भन्दा हनुमान जी को उत्तर थियो यस भित्र राम छन्की भनेर खोज्दा छु । हुमान राम भक्त भए जस्तै मैले पनि आशै नगरेका पार्टीबाट समेत टिकेटको अफर आउँदासमेत म स्वतन्त्र भएर चुनाव लड्ने निधो गरे । किनकि धनगढी बासीको सुझाव मलाई त्यस्तै थियो । भने मलाई धनगढीले बनाएको छ । अब मैले धनगढीको ऋण तिर्नु छ बस। मरो लक्ष्य पनि क्लियर छ ।” उनले भने ।

यस्तै, हमालले जुन राजनीतिक दलहरूले पनि आफूलाई अफर गरे उहाँहरू प्रति आभारी रहेको बताए । उनले लामो समय राजनीति गर्ने लक्ष्य नभएको कारणले एक पटक नमुना धनगढी बनाउने लक्ष्य भएको हुनाले मात्रै प्रस्ताव अस्वीकार गरेको र आफ्नो उद्देश्य सँग नमिलेको हुनाले नगएको भन्दै कसैको अपमान पनि नगरेको स्पष्ट पारेका छन् ।

त्यस्तै, हमालले उप-महानगरपालिकालाई आगामी ५ वर्षमा मुलुककै सुन्दर, समुन्नत र नमुना सहर बनाउने हमालले प्रतिबद्धता व्यक्त गरे । हमालले पहिलो बुँदामा नै उप–महानगरपालिका तथा वडा कार्यालयहरूलाई भ्रष्टाचार मुक्त बनाइने उल्लेख गरेका छन् ।

यही वैशाख ३० गते हुने निर्वाचनमा सत्तारुढ दलले धनगढीमा पनि गठबन्धन बनाएर चुनाव लड्ने घोषणा गरिसकेको छ । जसमा मेयर पद नेपाली काँग्रेस र उपमेयर पद माओवादी केन्द्रले पाउने गठबन्धनले सहमति गरेको छ ।