धनगढीका स्वतन्त्र उम्मेदवार हमाल भन्छन्- 'जनताले विश्वास गरे, काम गरेर देखाई दिन्छु'

धनगढीका स्वतन्त्र उम्मेदवार हमाल भन्छन्- 'जनताले विश्वास गरे, काम गरेर देखाई दिन्छु'

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढी उप-महानगरपालिकाका नगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार गोपाल हमाल (गोपी दाइ)ले जनताले विश्वास गरे आफूले काम गरेर देखाउने बताए छन् ।  शुक्रवार हमालले धनगढीमा चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै यस्तो बताएका हुन् । 

हमालले धनगढी लाई नमुना सहर बनाउने आफ्नो लक्ष्य स्पष्ट रहेको र धनगढी वासीले साथ दिए गरेर देखाउने दाबी गरेका छन् । "मेरो कुनै राजनीतिक स्वार्थ छैन । धनगढीले मलाई बनायो । अब धनगढीको ऋण तिर्न सक्दो इमानदार भएर लाग्ने प्रण गरेको छु । मैले नगरपालिकाबाट कुनै प्रकारको भत्ता सेवा लिने छैन भन्ने घोषणा गरिसकेको छु । पाँच वर्ष सम्म लाग्ने खर्च यातायात सबै म आफ्नै खर्च बेहोर्छु । धनगढी उप-महानगरपालिका बासी जनताले तिरेको कर, पसिनाबाट कुनै प्रकारको खर्च गर्दैन । यहाँका स्थानीय जनताकै सल्लाह र देशकै नमुना सहर बनाउने स्पष्ट उद्देश्य सहित स्वतन्त्र मेयर पदमा उम्मेदवारी घोषणा गरी जनताको घरदैलोमा पुगेको छु । अब बाँकी यहाँका स्थानीय जनताले मलाइ विश्वास गरेर जिताउँछन्, विजयी गराए भने मैले भने अनुसारको काम गरेर देखाई दिन्छु । हैन भने म के गर्न सक्छु व्यापार छ त्यही गरी बस्छु । तर कुरा के हो भने एकपल्ट परीक्षामा बस्न दिनु पर्छ । त्यसपछि मात्रै थाहा हुन्छ कसले कति अङ्क ल्याउँछ । मेरो सबै उप-महानगरवासीमा आग्रह छ । की यसपालि मलाई मौका दिनुहोस् ।" उनले भने ।

आफू विजयी भए पनि कुनै राजनीतिक दलमा न जाने पनि हमालेले घोषणा गरेका छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय चुनावको तयारीमा हमाल निकै नै खटिएर लागेका छन् । भने मतदाताहरूलाई मतदाता शिक्षा समेत सिकाई राखेको बताएका छन् । "हामीले आफ्नो प्रचार प्रसार त गरिरहेका छौँ । नै त्यो सँग सँगै हरेक मतदाता लाई प्रचार प्रसार समितिका बनाएका छौँ । त्यो समितिमा रही सहयोग गर्ने साथीहरूले मतदाता शिक्षा पनि दिइरहेका छन् ।" उनले भने । 

हमालको प्यानलमा ४ जना वडा अध्यक्ष समेत स्वतन्त्र उम्मेदवार रहेका छन् । वडा अध्यक्षका उम्मेदवारहरू मा धनगढी उप-महानगरको वडा नं. ४ बाट सिद्ध राज पनेरु, वडा नंं. ५ बाट पदम राज भट्ट, वडा नं. १४ बाट याम लामिछाने मगर र वडा नं. १५ बाट कमल बहादुर ढाट रहेका छन् ।