आलिताल गाउपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट पार्कीको उम्मेदवारी

आलिताल गाउपालिकाको अध्यक्षमा माओवादी केन्द्रबाट  पार्कीको उम्मेदवारी

डडेल्धुरा :आसन्न निर्वाचनमा  माओवादी केन्द्र आलितालले  गाउँपालिकाको उमेदवारको टुङ्गो लगाएको छ । यहि वैशाख ३० गतेको स्थानीय तह चुनावमा गाउँपालिका अध्यक्ष पदका लागि शेर सिंह पार्की लाई सिफारिस गरेको छ  भने  उपाध्यक्ष पदका लागि मन्जु रावल (बोहरा) उम्मेदवार रहेका छ्न।माओवादी केन्द्र आलिताल गाउपालिका कमिटीका उपाध्यक्ष समेत रहेका पार्की  गाउपालिकाको अध्यक्ष पदका दाबेदार रहेका छ्न । 

गाउपालिकाका जम्मा आठ वटा वडा मध्ये २ वटा वडाहरु १ र ७ वडा अध्यक्षहरुको उम्मेदवारी टुंगो लागिसकेको छ भने बाकि वडा अध्यक्षको उम्मेदवारका लागि छलफलमै रहेको अध्यक्ष पदका उम्मेदवार पार्कीले जानकारी दिए । उनका अनुसार वडा नम्बर १ बाट सुरत बहादुर बोहरा र ७ बाट वीर बहादुर बोहरा गति दुइवटा  वडा अध्यक्षहरुको उम्मेदवारी टुंगो लगाइएको र बाकी रहेका छ वटा वडाको लागि छलफल मै रहेको र ती वडाहरुको पनि आजै टुंगो लाग्ने उनले बताए।