अमरगढी नगरपालिका काङ्ग्रेस असन्तुष्ट समुहलाई दिने कुरा स्विकार्य छैन : मेयर ओझा

अमरगढी नगरपालिका काङ्ग्रेस असन्तुष्ट समुहलाई दिने कुरा स्विकार्य छैन : मेयर ओझा

डडेल्धुरा : डडेल्धुरा असन्तुष्ट काङ्ग्रेस  पक्ष संग  नेकपा एमालेले चुनावी तालमेल गर्ने भन्ने समाचार संचार माध्यमा आएपछी  नेकपा एमालेका  नेता तथा अमरगढी नगरप्रमुख विशेश्वर प्रासाद  ओझा(बिपिन)ले पत्रकार सम्मेलन गर्दै उक्त निर्णय कुनै हालतमा स्विकार नभएको बताएका छ्न । आसन्न निर्वाचनमा नेपाली काङ्ग्रेस को १४ औ महाधिवेशन बाट असन्तुष्ट रहेको पूर्व जिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समुहसंग सहकार्य गरि काङ्ग्रेसलाई मेयर दिने र एमालेले उप-मेयर लिने निर्णय गलत भएको जनाउँदै  पत्रकार सम्मेलन गर्दै उक्त कुराको भन्डाफोर गरेको उनले बताए। धनगढी खबर संग कुरा गर्दै उनले भने; यो कुरा मैले पनि मिडियामा सुने , यो एकदम गलत निर्णय हो। अमरगढी नगरपालिका काङ्ग्रेस असन्तुष्ट समुहलाई दिने कुरामा मेरो आपत्ति हो।काङ्ग्रेस असन्तुष्ट पक्षलाई मेयर दिएर उप-मेयर लिने कुरा सोह्र आना गलत हो ।"

सामाजिक सञ्जाल फेसबुकमा समेत स्टाटस लैख्दै ओझाले नेकपा एमाले डडेल्धुरा र नेपाली काँग्रेस मल्ल समूहबीच अमरगढी नगर प्रमुख
ओझाले उक्त सहमतीका बिरुद्ध प्रतिवाद गर्ने चेतावनी दिएका छन्।