देशभर १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी दर्ता, सुदूरका कुन जिल्लामा कति ?

देशभर १ लाख ४७ हजार २७४ जनाको उम्मेदवारी दर्ता, सुदूरका कुन जिल्लामा कति ?

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ४७ हजार २ सय ७४ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका दिउँसो सवा ३ बजे गरेको अपडेट अनुसार सो संख्यामा उम्मेदवारी दर्ता भएको हो। 

निर्वाचन आयोगका अनुसार प्रमुख पदमा ३ हजार ४३० जनाको उम्मेदवारी दर्ता भएको छ। त्यस्तै, अध्यक्ष पदमा ३ हजार ३ सय ६३ जनाको उम्मेदवारी दर्ता भएको छ।

उपाध्यक्षमा २ हजार ३८२ जना, वडाध्यक्षमा ३४ हजार ३५७, महिला सदस्यमा २५ हजार ३४५, दलित महिला सदस्यमा २२ हजार ८९९ र सदस्यमा ५३ हजार ४०१ जनाको उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन आयोगले सोमबार र मंगलबारका लागि उम्मेदवारी दर्ताका लागि मिति तोकेको थियो। सोही मितिमा दर्ता भएका उम्मेदवारहरूको संख्या आयोगले सार्वजनिक गरेको हो।