धनगढीमा अपवित्र गठबन्धन र व्यवस्था विरोधी व्यक्ति विरुद्ध हामी हौँः मेयरका उम्मेदवार चन्द

धनगढीमा अपवित्र गठबन्धन र व्यवस्था विरोधी व्यक्ति विरुद्ध हामी हौँः मेयरका उम्मेदवार चन्द

धनगढी। नेकपा एमालेका धनगढी उप-महानगरपालिकाका मेयर पदका उम्मेदवार रणबहादुर चन्दले पाँच वर्षको अवधिमा कांग्रेस नेतृत्वकाे स्थानीय सरकार पूर्ण रूपले असफल भएको बताएका छन् । उनले कांग्रेसका तत्कालीन मेयर नृपबहादुर वडले नगरबासीकाे हितमा कुनै काम नगरेकाे र पैँसाकाे बलमा उम्मेदवार बनेका व्यवस्था विरोधी व्यवसायी गाेपाल हमालकाे विकल्प एमाले र आफू भएको टिप्पणी गरेका हुन् । 

धनगढी उपमहानगरपालिका-१६ मा एमाले वडा कमिटीले आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै चन्दले तत्कालीन मेयर वडले पुन: उम्मेदवारी दिएकाे बताउँदै असफल व्यक्तिलाई नगरबासीले परास्त गर्नुपर्ने बताए भने दलीय व्यवस्थाकाे विराेधमा पैँसाकाे बलमा निर्वाचन लड्न अघि सरेका स्वतन्त्र उम्मेदवार हमालले गरिब र निमुखालाई वास्ता नगर्ने दाबी गरेका छन् ।

"तत्कालीन मेयर वड कुनै भिजन नभएकाे मान्छे हुन् । उहाँले पाँच वर्ष नगरकाे विकासमा हाेइन कार्यकर्ता पाल्न बजेट खर्चिए । अहिले चुनाव हार्ने डरले अपवित्र गठबन्धन बनाएर पुन: उम्मेदवारी दिएका छन्," चन्दले भने, "गाउँ, ठाउँकाे विकासमा ध्यान दिएनन् उल्टै केपी कमरेड नेतृत्वकाे सरकारले गरेका काम आफूले गरेकाे हुँ भनेर कुप्रचार गरेर समय बर्बाद गरे ।"

वडले धनगढी उप-महानगरपालिकालाई १० वर्ष पछाडि धकेलेकाे भन्दै चन्दले पुन: उनैलाई मत दिएर थप २० वर्ष पछाडि धकल्ने गल्तीकाे हिस्सेदार नबन्न नगरबासीलाई आग्रह गरे । लामाे समयदेखि व्यापार, व्यवसायमा लागेका स्वतन्त्र उम्मेदवार हमालले पैँसाकाे बलमा भाेट खरिद गर्ने प्रयास गरिरहेकाे आराेप उनकाे थियाे । "लामाे समयदेखि व्यापार व्यवसायमा खर्चिने व्यक्तिले धनगढीकाे विकास गर्छ भनेर भ्रम छर्ने काम भइरहेकाे छ । नगरबासीका दु:ख, पीडा, आवश्यकताकाे अनुभूति नै नगरेका व्यक्तिले कसरी विकास गर्छ ? एक जना व्यक्तिले विकास गर्ने भए समूह, संगठन र संस्था किन चाहिने थियाे, चन्दले भने, "पैँसाकाे बलमा भाेट खरिद गर्ने एक्लाे व्यक्तिले काम गर्न सकिदैन् । स्वतन्त्र भनेका पानीका फाेका जस्तै हुन् । केही समयपछि आफै हराउँछन् ।"

उनले आफूले विगत करीब ३० वर्षदेखि धनगढीबासीसँगै रहेर राजनीति गरेकाेले हरेकका समस्या नजिकबाट बुझेकाले जनताको शासक नभइ सेवक भएर काम गर्ने इच्छा भएकाले एक पटक माैका दिन आग्रह गरे । "भागबन्डा गरेर खानका लागि बनाइएकाे अपवित्र गठबन्धन र  दलीय व्यवस्था विराेधीकाे विकल्प नेकपा एमाले र म हुँ । एक पटक मलाई तपाईंहरूकाे सेवा गर्ने अवसर गर्न अवसर दिनुस्।"  चन्दले भने । चन्द र उपमेयरका उम्मेदवार कन्दकला रानाले आज संयुक्त रूपमा धनगढी उपमहानगरपालिका-३, ७, १०, १२, १५, १६ र १७ नम्बर वडामा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।