धनगढी । नेपाली कांग्रेस डडेलधुराका निर्वतमान जिल्ला सभापति कर्ण मल्लले आफूलाई पार्टी र मनबाट निकालेकामा सभापति शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो कारणले ‘देउवाले पाएको दुःख’प्रति क्षमायाचना समेत गरेका छन् ।
दोस्रोपटक पार्टीबाट निकालेको भन्दै उनले ‘न्यायका लागि पीडित साथीहरूसँगै जनताको बीचमा जाने’ उल्लेख गरेका छन् । उनले लेखेका छन्-'परम आदरणीय दाजु साष्टाङ्ग प्रणाम, मेरा कारण हजुरले पाउनु भएकाे पिडाका लागि क्षमा दिनु हाेला । मलाई दाेस्राे पटक राजनितीक घर र हजुरकाे मनबाट निकाल्नु भएकाेमा स-धन्यवाद आभार व्यक्त गर्दछु ।
म अब पिडाकै बिचबाट तपाईबाट प्रताडित साथीहरू संगै न्यायका लागि देवरुपी जनताका बीचमा जादैछु । जय नेपाल ! ॐ साइराम !!'