स्थानीय चुनाव : ७२ जिल्लाका लागि मतपत्र छापियो, ३३ जिल्लामा ढुवानी

स्थानीय चुनाव : ७२ जिल्लाका लागि मतपत्र छापियो, ३३ जिल्लामा ढुवानी

स्थानीय तह निर्वाचनका लागि ७२ जिल्लाका लागि आवश्यक पर्ने मतपत्र छपाइ सकिएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ भएको जानकारी दिए ।

त्यसैगरी हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार  मतपत्र ढुवानी गरिएको उनले बताए ।

वैशाख ३० गते हुने निर्वाचनका लागि जनकशिक्षा सामाग्री केन्द्रबाट मतपत्र छपाइ भइरहेको छ ।