यस्तो छ एमाले धनगढीले सार्वजनिक गरेको १६ बुँदे प्रतिबद्धता पत्र ? (पूर्ण पाठ)

यस्तो छ एमाले धनगढीले सार्वजनिक गरेको १६ बुँदे प्रतिबद्धता पत्र ? (पूर्ण पाठ)

धनगढी । धनगढी उप-महानगरपालिकामा नेकपा एमालेले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल कम्युनिष्ट पार्टी एमाले मूल निर्वाचन परिचालन कमिटी धनगढीले मेयरका उम्मेदवार रणबहादुर चन्द र उपमेयरका उम्मेदवार कन्द्रकला रानाले गर्ने आगामी ५ वर्षसम्मका कार्य योजनाबारे विस्तृत १६ बुँदे विवरण सार्वजनिक गरेको हो ।

बिहीबार सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा नीति, योजना र कानुन निर्माण, गुणस्तरीय शिक्षाको आधार प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार, निरोगी नेपाल: स्वस्थ नेपाली, स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी, उन्नत कृषि किसानको समृद्धि, सहज आवागमनको आधार दिगो यातायातको पूर्वाधार, आधुनिक उर्जाः उज्यालो पालिका, औद्योगीकरण र आर्थिक बृद्धिः स्वदेशमै रोजगारी सम्मान र समृद्धि, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र सामाजिक सुरक्षा, युवा खेलकुद तथा मनोरञ्जन, भूमि तथा आवास व्यवस्थापन, मौलिकता र संस्कृति: पर्यटनबाट समृद्धि, जलवायु अनुकूलन र विपद् व्यवस्थापन: विकास र वातावरणबिच सन्तुलन, समुन्नत लोकतन्त्रको आधार मेलमिलाप, न्याय र मानवअधिकार, आधुनिक विकासको आधार सूचना तथा सञ्चार र अन्य क्षेत्र गरी १६ वटा कार्यक्षेत्र निर्धारण गरिएका छन् ।

प्रतिबद्धता पत्र सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टी एमाले मूल निर्वाचन परिचालन कमिटी धनगढीका संयोजक दीर्घ जोशीले धनगढी उप-महानगरमा एमालेका नगर प्रमुखका उम्मेदवार रण ब. चन्द र उप-प्रमुख चन्द्रकला राना लगायतका उम्मेदवारहरू र अन्य वडामा पनि एमाले विजयी भएमा गौरीफंटा नाकाको स्तरो उन्नति गरिनुका साथै एमालेबाट विजयी जनप्रतिनिधि शासक नभई, सेवक हुने बताए ।

यस्तै, धनगढी उप-महानगरका हरेक वडामा एक घर एक रोजगार कार्यक्रमको आयोजना र योग तथा मनोरञ्जनका लागी ज्येष्ठ नागरिक सेवा केन्द्रको स्थापना गरिने जोशीले बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै उप-मेयर पदकी उम्मेदवार चन्द्रकला रानाले आफू विजयी भएमा धनगढी वासीको सुझाव सल्लाहमा काम गर्ने र प्रतिबद्धता पत्रमा उल्लेखीत सबै काम ५ वर्षमा सम्पन्न गर्ने बताईन् ।

यस्तै, नेकपा एमालेका नगर प्रमुख पदका उम्मेदवार शालीन नेता रण बहादुर चन्दले धनगढी उप-महानगर वासीका आधारभूत आवश्यकता परिपुति गर्न र मानव अधिकारको प्रत्याभूत गराउन आफूहरु र आफ्नो पार्टी प्रतिबद्ध रहेको बताउँदै यो पाँच वर्षे कार्यकालमा नृप वड नेतृत्वले धनगढीको विकासको गति र यहाँका जनताको जीवन स्तरलाई फाइदा पुग्ने कार्य कुनै पनि अघि नसारेको र आफ्ना प्रतिविद्धतामा प्रदेश गर्न नसकेको हुँदा आफूले जिते प्रतिबद्धता पत्रमा उल्लेखित १६ बूँदे विषयका साथै जन अपेक्षित विकासलाई अघि बढाउने बताए ।

यसै गरी, नेकपा एमालेका कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले बिहीबार जारी गरेको प्रतिबद्धता पत्र कागजी र शब्द को सम्मिश्रण नभई धनगढी वासीको विश्वासको पोको भएको र ती सबै सपना नेकपा एमालेले साकार गर्ने दाबी गरे ।

 एमाले धनगढीले सार्वजनिक गरेको १६ बुँदे चुनावी प्रतिबद्धतापत्र जस्ताको त्यस्तै?

हाम्रो धनगढी, हाम्रो छान । समुद्र धनगढी, हाम्रो अभियान ।

"सुशासन र समृद्धिको आधार
पालिका पालिकामा एमालेको सरकार"

रणबहादुर चन्द्र मगर प्रमुख -मेयर पदका उम्मेदवार सम्पर्क नं. ९८५८४२२८४८

कन्द्रकला हाता जगह उप-प्रमुख उप-मेयर पदका उम्मेदवाड़ सम्पर्क नं. ९८४८४८८९०१

प्रतिबद्धता पत्र

यही २०७९ साल बैशाख ३० गते हुन गईरहेको धनगढी उप-महानगरपालिकाको स्थानीय तहको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरि नेकपा (एमाले) का सबै उम्मेदवारहरुलाई अत्यधिक मतले विजयी गराऔं ।

आदरणीय धनगढी उप-महानगरपालिकाबासी आमाबुवा, दिदिबहिनी तथा दाजुभाइहरु, मुलुकमा भएका विभिन्न राजनीतिक परिवर्तनसँगै निर्माण भएको नेपालको संविधान (२०७२) को मूल मर्म अनुसार संघीयता कार्यान्वयन गर्ने क्रममा पहिलो पटक वि.सं. २०७४ सालमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक अखण्डता, स्थापित लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गर्न र आम जनजीविकाका सवालमा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले खेलेको भूमिकाका आधारमा उक्त निर्वाचनमा देशका अधिकांश स्थानीय तहमा एमालेले जित हासिल गर्न सफल भएको थियो। तर धनगढी उपमहानगर पालिकामा भने विभिन्न कारणहरुले गर्दा हाम्रो पार्टीका उम्मेवारहरुले निर्वाचित हुन सकेनन । जसका कारण धनगढीलाई सुन्दर र समृद्ध बनाउने हाम्रो सपना पुरा हुन सकेन । यस पटक सबैधानिक व्यवस्था अनुसार यही २०७९ साल बैशाख ३० गते स्थानिय तहको निर्वाचन हुन गईरहेको छ । यो निर्वाचनमा हामिले हाम्रो धनगढी, हाम्रो शान, समृद्ध धनगढी हाम्रो अभियान भन्ने मुल नाराका साथ हाम्रा उम्मेदवारहरुलाई अडी सारेका छौ। यस निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले) का सम्पूर्ण उम्मेदवारहरुलाई विजय गराउनुहुन हार्दिक अनुरोध सहित यस निर्वाचनमा तपसिलका काम तथा जिम्मेवारीहरु पुरा गर्ने प्रतिबद्धता गर्दछौं।

१. नीति योजना र कानून निर्माण
धनगढी उपमहानगरपालिकाको समग्र अवस्थाको बारेमा आधारभूत अवस्था सर्वेक्षण गरि २०७९/०८० को पहिलो सौनातिक भित्र "धनगढी उपमहानगरपालिका स्थितिपत्र" सार्वजनिक गरिनेछ ।

धनगढीको समग्र विकासका लागि २० वर्षीय गुरुयोजना, पति वर्षीय आवधिक योजना, त्रि रणनीतिक योजना र वार्षिक योजना निर्माण गरि कार्यान्वयनमा ल्याइनेछ ।
गुरु योजनाका आधारमा दीर्घकालिन, मध्यकालिन तथा तत्काल गर्नुपर्ने कामका क्षेत्रहरू पहिचान गरि तद्अनुरूपको साधन र स्रोतको व्यवस्थापन गरिनेछ ।

धनगढीबासीहरुको आर्थिक अवस्थालाई ध्यानमा राखी करको दर र दायरा निर्धारण गरिनेछ ।

उप-महानगर पालिकाका कानूनहरु आवश्यकता अनुसार संसोधन, परिमार्जन र नयाँ कानून निर्माण गर्ने कार्यलाई विधिसम्मत, वस्तुनिष्ठ र व्यवहारिक बनाइनेछ ।

उपमहानगर पालिकाको समग्र विकासमा सहभागि हुन गैर सरकारी संस्थाहरु र नीजि क्षेत्रलाई समेत आकर्षित गर्ने गरि कानून निर्माण गरिनेछ ।

उपमहानगरपालिका बाट हुने फजुल खर्चमा कटौती गर्ने नीति लिइनेछ । राजश्व सुधार योजनाको कार्यान्वयनलाई निरन्तरता दिईनेछ र सबै खालका कर प्रचलित कानुन बमोजिम कार्यान्वयनमा ल्याइनेछ ।

2. गुणस्तरीय शिक्षाको आधार : प्राविधिक शिक्षाको विस्तार र सामुदायिक बिद्यालयको सुधार

सामूदायिक विद्यालय संचालन निती निर्माण गरि माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क

बनाउँदै निजी स्रोतका शिक्षकलाई नगर शिक्षकका रुपमा व्यवस्थापन गरिनेछ । संस्थागत विद्यालयको संचालन सम्बन्धि नियमावली निर्माण गरि शुल्क निर्धारण, अनुगमन, छात्रवृत्तीको मापदण्डको व्यवस्था गरिनेछ ।

प्रत्येक वडामा कम्तीमा पनि १ नमूना प्राविधीक विद्यालय स्थापना गरि हाल संचालनमा रहेका प्राविधिक विद्यालयको स्तारोन्नती गरिनेछ ।

विज्ञान तथा प्राविधिक धारको उच्च शिक्षा अध्ययन गर्नका लागि गरिबीको रेखामुनि रहेका परिवारबाट प्रत्येक वर्ष १० जनालाई छात्रवृती प्रदान गरिनेछ ।

नगर भित्रका प्रत्येक सामुदायिक विद्यालयका हरेक गराइने व्यवस्था मिलाइनेछ । कक्षामा अंग्रेजी माध्यममा पनि अध्यापन

प्रत्येक विद्यालयलाई भौतिक पूर्वाधार र आवश्यक उपकरण उपलब्ध गराउने । शिक्षण सिकाई उपलब्धीको आधारमा विद्यालय र शिक्षकलाई पुरस्कार र दण्डको व्यवस्था गरिनेछ । शिक्षण सिकाई उपलब्धीको आधारमा विद्यालय र शिक्षकलाई पुरस्कार र दण्डको व्यवस्था गरिनेछ ।

धनगढीमा रहेका कैलाली बहुमुखी क्याम्पस, फूलवारी बहुमुखी क्याम्पस तथा ऐश्वर्य बहुमुखी क्याम्पसको शैक्षिक वातावरण सुधारका लाग पूर्वाधार विकास लगायतका आवश्यक कुरामा सहयोग पुगाइनेछ ।

३. निरोगी नेपाल : स्वस्थ नेपाली
हाल वडाहरुमा संचालनमा रहेका नगर स्वास्थ चौकीहरुको स्तरोन्नती गरि १ वडा १ नमुना नगर १५ सैयाको अस्पताल सञ्चालन गरिनेछ । निजी स्वास्थ्य संस्थाहरुको सेवा प्रवाह र गुणस्तर कायम गर्न नियमित अनुगमन निरिक्षण गरिनेछ ।

स्वास्थ्य चौकी संचालन गरिनेछ । साथै साविकको उर्मा र फुलवारीमा डाक्टरको सेवा सहितको

प्रत्येक सुत्केरी आमालाई सहजताका लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिनेछ ।

प्रत्येक नगरवासीलाई स्वास्थ्य बिमाको दायरामा ल्याइनेछ र गरिबीको रेखा मुनि रहेका नागरिकलाई स्वास्थ्य बिमामा ५० प्रतिशत अनुदान प्रदान गरिनेछ ।

ज्येष्ठ नागरिकलाई परमै निःशुल्क स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिक नगर स्वास्थ्य घुम्ती सेवा संचालन गरिनेछ ।

विद्यालयमा योग शिक्षा लागु गरिनेछ र प्रत्येक वडाहरुमा योग शिविर संचालन गरिनेछ । संघीय सरकार र प्रादेशीक सरकारंग समन्व्य गरि ट्रामा सेन्टर/सुविधा सम्पन्न अस्पतालको स्थापना गरिनेछ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता विकास र प्रोत्साहनमूलक कार्यक्रमहरु

सञ्चालन गरिनेछ । आमा समूहहरुलाई स्वास्थ्य तथा सरसफाईका लागि टोलटोलमा परिचालन गरिनेछ ।

४. स्वच्छ खानेपानी सफा बस्ती र राम्रो आनीबानी

नगरपालिका भित्र एक घर एक शुद्ध खानेपानी धाराको व्यवस्था गरिनेछ । विपिन्न वर्ग (दलित, मुक्त कमैया, सुकुम्बासी शिविर) साथै सार्वजनिक स्थलमा

सार्वजनिक धारा र शैचालयको व्यवस्था गरिनेछ । नगर मित्र उत्पादन हुने फोहरको उचित व्यवस्थापन गरि फोहरको बहुउपयोग गरिनेछ ।

५. उन्नत कृषि : किसानको समृद्धि

निश्चीत मापदण्डका आधारमा कृषकको पहिचान गरि कृषक परिचय पत्र वितरण गरिने छ । परिचय पत्रका आधारमा कृषकलाई मल, विउ लगायतका कृषि सम्बन्धि

आवश्यक सुविधामा सहज उपलब्धता र अनुदान प्रदान गरिनेछ । कृषि बिमा प्रबन्धको सहजीकरण, कृषि कर्जाको उपलब्धतामा समन्वय, र कृषि उपनको समर्थन मूल्य समयमै निर्धारण गरिनेछ । कृषि तथा पशु सेवा सम्बन्धी प्राविधिक जनशक्तिको व्यवस्था गरिनेछ

कृषिको उत्पादकत्व वृद्धि, उत्पादनको भण्डारण, प्रशोधन तथा बजारीकरणमा पुगाइने छ ।

 तरकारी, फलफूल र फूल आयात न्युनीकरण गर्न तरकारी, फलफूल खेती र पुष्प खेती व्यवसायमा अनुदान प्रदान गरिनेछ ।

नगरभित्रका चौपायाहरुको लगत संकलन, अभिलेखिमरण र शरीरमा नम्बररिङ्ग, चारा बजारको व्यवस्था गरि चौपाया छाडा छोड्ने कुरा निरुत्साहित गरिनेछ ।

पशुपालनका लागि नस्ल सुधार, उन्नत घाँस विकास, पशुजन्य औद्योगिक उत्पादन ( दूध, मासु) लाई प्रोस्तसाहन गरिनेछ ।

जैविक खेतीको विकास गर्न प्राङ्गारिक मल र जैविक विषादीको उपलब्धतामा सहयोग पुगाईनेछ ।

पशु बधशाला तथा शीत भण्डारहरूको स्थापना तथा व्यवस्थापन गर्न स्थानिय सहकारी संस्थाहरुसँग सहकार्य गरिनेछ ।

एक वडा एक कृषि सहकारी संचालनका लागि आवश्यक सहयोग गरिनेछ । र एक वडा एक उत्पादन क्षेत्रको रुपमा विकास गरिनेछ ।

६. सहज आवागनको आधार: दिगो यातायातको पूर्वाधार

नगर क्षेत्र भित्रका बढी आवागमन हुने प्रत्येक सडकलाई कालो पत्रे बनाइनेछ। नगर

भित्रका बाँकी प्रत्येक सडकलाई ग्राभेल सडक बनाइनेछ ।

धोकमरी पुलबाट उर्मा, भादा, सिटा, मन्दिर, पथरी सम्मको रिङ रोडका सबैण्ड २ बर्ष भित्र कालोपत्रे गरि बेहडाबाना सम्मको सहज पहुँच सनिश्चित गरिनेछ।

नगर क्षेत्रको यातायात व्यवस्थापनका लागि व्यवस्था धनपार्क, यात्रु प्रतिक्षालय आदीको व्यवस्था गरिनेछ ।

धनगदी भित्र सञ्चालनमा रहेका टेम्पो तथा इ(रिक्साको परिचयपत्र रूट निर्धारण तथा पार्कस्थलको व्यवस्थापन मार्फत यातायात तथा ट्राफिक व्यवस्थापन गरिनेछ ।

सडक तथा यातायात क्षेत्रमा निजी क्षेत्रको परिचालत तथा सहकार्यमा जोड दिइनेछ । हराभरा धनगढी निर्माण गर्न मुख्य सहकहरुको दायाँ बाँया वृक्षारोपण गर्नेछ ।
सडक दुर्घटना कम गर्नका लागि चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

७. आधुनिक उर्जा : उज्यालो पालिका
नगरका प्रत्येक घरमा विद्युतीकरण गरिनेछ ।

सडक तथा अन्य आवश्यक स्थानमा सौर्य बत्तको व्यवस्था गरिनेछ ।

विद्युतीय चुलो र वैकल्पीक उर्जालाई प्रोत्साहन गरिनेछ ।

नगरपालिका भित्र रहेका विपन्न घरहरूमा निःशुल्क विद्युत जडान गरिनेछ । नगरपालिकाको मुख्य सड़क भित्र रहेका विद्युत्का तारहरूको भूमिगत व्यवस्थाः गरिनेछ ।

८. औद्योगिकरणर आर्थिक बृद्धि स्वदेशमै रोजगारी सम्मान र समृद्धि

■ औद्योगिक ग्रामको स्थापना र औद्योगिक पूर्वाधारको विकास गरिनेछ।

लघु साना एवं मौला उद्योगहरूको स्थापना र विकास गर्न निजी तथा सहकारी क्षेत्रलाई प्रोत्साहन गरिनेछ ।

। दुग्ध तथा कृषिमा आधारित व्यवसायलाई प्रोत्साहन गरिनेछ । स्थानीय व्यापार प्रवर्द्धन गर्न हाटबजार पूर्वाधारको विकास र व्यवस्थापन गरिनेछ ।

सहकारी तथा निजी क्षेत्रसँगको सागत तथा व्यवस्थापन सहभागितामा स्थानीय वस्तुहरुको उत्पादन, आपूर्ति तथा बजारीकरणसम्बन्धी कार्यहरु गरिनेछ ।

एक गाउँ एक उप्तादन, एक घर एक सीप, एक परिवार एक रोजगार' भन्ने नाराको साथ रोजगारीका अवसरहरु पुजना गरिनेछ ।

९. लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र सामाजिक सुरक्षा

संविधान अन्तर्गत मौलिक हकमा उल्लेख भएका महिलाका शिक्षा, स्वास्थ्य, र सामाजिक सुरक्षा सम्बन्धिक विभिन्न कार्यक्रम संचालन गरिनेछ । रोजगारी आत्मसात गर्दै महिलाहरुलाई

"बिकासमा महिला सहभागिता" भन्ने नीतिलाई सामाजिक र भौतिक विकासमा परिचालन गरिनेछ ।

महिला, दलित तथा सीमान्तकृत समुदायलाई उद्यमशीलता कार्यक्रम अन्तर्गत हरेक

वडा कुनै विशेष विषयमा तालिम प्रदान, अनुदान सहयोग प्रविधी हस्तान्तरण, बिउँ पुँजी प्रदान गरिनेछ ।

जेष्ठ नागरिकका लागि आवश्यक स्वास्थ्य परामर्श योग, मनोरञ्जन आदीका लागी हरेक वडाहरुमा जेष्ठ नागरिक सेवा केन्द्रको स्थापना गरिनेछ ।

महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक सुनिश्चित गर्न सघ र प्रदेशसँग सहकार्य गरिनेछ ।

अपांगता भएका व्यक्तिहरु, मुक्त हलिया, बादी र सुमीहिन परिवारलाई विशेष व्यवस्था गरिनेछ ।

प्रत्येक वर्ष एकिकृत घुम्ती शिविर सञ्चालन गरि नागरिकता प्रमाण पत्र, अपार परिचय, व्यक्तिगत घटना दर्ता लगायतमा प्रमाण पत्रमा नागरिकको सहज पहुँच पुर्याइनेछ।

एकल महिला र अपांगता भएका व्यक्तिहरूको जीवनस्तर सुधारका लागि विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

महिला उद्यमशीलतामार्फत स्वरोजगारी बढाउने कार्यक्रम तय गरिनेछ । महिलाको समान ज्याला कार्यस्थलमा लैगिक हिंसा, घरेलु हिंसा तथा सामाजिक भेदभाव हटाउने कार्यक्रम स्याइनेछ ।

गर्भावस्था देखी युवा, वयस्क, र वृद्धावस्थासम्मका लागि नेकपा (एमाले) ले अघि बढाएका सामाजिक सुरक्षाका व्यवस्थालाई ध्यानमा राखी कार्यक्रम तय गरिनेछ ।

बालश्रमको अन्त्य, बालमैत्री शासन तथा कार्यक्रमको तर्जुमा गरिनेछ ।

सम्पूर्ण सामाजिक सुरक्षा भत्ताहरु विपन्न वर्गलाई घरमै पुगाइनेछ ।

मानसिक असन्तुलन, असाहय बालबालिका सडक बालबालिका लागि पुनस्थापना केन्द्रको स्थापना गरिनेछ ।

१०. युवा खेलकुद तथा मनोरञ्जन

एक वडा एक खेल मैदान को कार्यक्रम अन्तरगत पाँच वर्षभित्र प्रत्येक वडामा खेल मैदान निर्माण गरिनेछ ।

खेलकुद क्षेत्रको समग्र विकासका लागि मैत्रीपूर्ण प्रतियोगिता, खेल प्रशिक्षण र विद्यालय खेलकुद कार्यक्रम सञ्चालन गरिनेछ ।

युवा (उद्यमशीलता विकास तालिम, व्यवसायिक सिपमूलक शिक्षा र इन्टर्नसिपको व्यवस्था गरिनेछ ।

युवा केन्द्रित उद्यमशिलता विकासका लागि अन्वेषण तथा अनुसन्धान र सुरुवाती पुँजीको व्यवस्थामा सहयोग पुगाइनेछ ।

विपद, महामारी, विकास निर्माण कार्य, सरसफाइ तथा वातावरण संरक्षण र सामाजिक चेतना अभिवृद्धिमा युवा स्वयंसेवकहरूको परिचालन गरिनेछ ।

११. भूमी तथा आवास व्यवस्थापन

■ नगरपालिकामा घर नक्सा पास प्रणालीलाई सहज बनाउने र भवन सहितको कडाईका साथ लागु गर्ने तथा घर एवं भवन निर्माणको नियमित अनुगमन गरिनेछ ।

■ नगर भित्रका आवास विहिन विपन्न परिवारहरुको पहिचान गरि आवास निर्माण गर्न संधिय सरकारसँग समन्वय गरिनेछ । साथै मुक्त कमैया, दलित, निम्न आय भएका बस्तीमा एकुकित बस्ती विकास अवधारणा लागु गरिनेछ ।

■ धनगढी उपमहानगरपालिकाको भूउपयोग नीति निर्माण गरि आवास, कृषि, पर्यटन, औद्योगिक क्षेत्रलाई व्यवस्थित गरिनेछ ।

भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको पहिचान तथा सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गरि एक पटकका लागि जग्गा धनि पुर्जा प्रदान गरिनेछ ।

१२. मौलिकता र संस्कृति पर्यटनबाट समृद्धि

धनगढी अवस्थित बेहडाबाबा, शिवपुरी धाम लगायतका धार्मिक स्थलको पूर्वाधार विकास गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिईनेछ ।

धनगढी भित्रका जाखोरबाबा ताल, भादा थारु होम स्टे, वडा नं. १० मा राना होम स्टे लगायतका क्षेत्रको पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धन गरिनेछ ।

जोखर ताल, तौलाहा ताल, बेहाडाबाबाको महादेव ताल, तिल्के ताल लगायतका जलाधार क्षेत्रको थप संरक्षण गरि पार्क स्थापना गरि पर्यटन प्रवर्धन गरिनेछ ।

धनगढी भित्रका राना थारु समुदाय लगायतका विभिन्न समुदायका भाषा, कला, संस्कृतिको संरक्षण, विकास र प्रवर्द्धन गरिनेछ ।

धनगढी भित्र उपयुक्त क्षेत्रको पहिचालन गरि प्राकृतिक चिडियाघर (ल्बतगचब श्यय) को रुपमा विकास गरिनेछ ।

१३. जलवायु अनुकुलन र बिपद् व्यवस्थापन विकास र वातावरणबीच सन्तुलन

बिपद पूर्व तयारीका लागि सम्भावित जोखिमयुक्त क्षेत्रमा संयन्त्र निर्माण गर्ने र

तालिमप्राप्त जनशक्ति उत्पादन तथा परिचालन गरिनेछ । बाढी, पहिरो, आगलागी तथा अन्य प्राकृतिक प्रकोपबाट हुने क्षतिको उचित सम्बोधन गरिनेछ ।

धनगढीमा हुने डुबान समस्याको अध्ययन गरि आवश्यक योजना निर्माण गरि लागु
गरिनेछ ।

प्रत्येक विद्यालय र सार्वजनिक निकायका कार्यालयहरुमा अनिवार्य रुपमा बृक्षारोपण गर्ने नीति लिइनेछ ।

विपद्बाट हुने जोखिम कम गर्न तथा वातावरण सन्तुलनमा गर्न धनगढी भित्रका मुख्य
नदीहरको दायाँबायाँ वृक्षारोपण गरिनेछ ।

विकास निर्माणमा हरित प्रविधि अपनाउने, बातावरणमैत्री निर्माण सामग्रीको प्रयोग गरिनेछ ।

कनरी, मोहरा, खुटिया, कैलाली, सुकुटी, सेतोपुल लगायत नगर भित्रका सबै नदि तथा नालाका आवश्यक स्थानमा तटबन्धन निर्माण गरि विपद् जोखिन न्युनिकरण गरिनेछ ।

१४. समुन्नत लोकतन्त्रको आधार : मेलमिलाप, न्याय र मानवअधिकार

न्यायिक समितिका कामकारवाहीहरुलाई थप प्रभावकारी बनाउनका लागि न्यायिक समितिका पदाधिकारी र कर्मचारीहरुको क्षमता विकासमा जोड़ दिइनेछ ।

गाउँगाउँमा कानूनी सचेतना कक्षाहरु सञ्चालन गर्दै नागरिकहरुलाई कानूनको ज्ञान र कानूनी उपचारबारे जानकारी दिइनेछ ।

मैलमिलाप कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाईदै लगिनेछ।

विपन्न वर्गका लागि निशुल्क कानुनी सेवा केन्द्र सञ्चालन गरिनेछ । जनताले मानव अधिकारको निर्वाध रुपमा प्रयोग गर्न पाउने व्यवस्था गरिनेछ ।

१५. आधुनिक विकासको आधार सूचना तथा सञ्चार

नगरवासीको सूचना तथा सञ्चारमा पहुँच पुयाउन आम सञ्चार नीति निर्माण गरि कार्यान्वयनमा ल्याइनेछ ।

धनगढी उप-महानगरपालिकाका सूचना तथा सेवाका बारेमा जानकारी गराउन अनलाईन प्रविधिमा जोड दिइनेछ ।

प्रत्येक ६ महिनामा एक पटक "सञ्चारकर्मीसंग धनगढी उपमहानगरपालिका अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।

स्थानीय सञ्चारमाध्यमहरु रेडियो, पत्रपत्रिका, टेलिभिजन, अनलाइनहरुलाई संस्थागत विकासमा प्राथमिकता दिइनेछ । धनगढी भित्रका सञ्चारकर्मीहरुलाई 'फेलोसिप' को व्यवस्था गरिनेछ ।

धनगढीका केही सार्वजनिक क्षेत्रमा फ्रि वाईफाई जोनको विकास गरिनेछ ।

१६. अन्य क्षेत्र

धनगढी भित्र उपयुक्त स्थानको पहिचान गरि आधुनिक शवदाह गृह निर्माण गरिनेछ । यसका साथै केही स्थानहररुमा क्रियापुत्री घरहरु निर्माण गरिनेछ ।

भारतका शहरसँगको कनेक्टीभिटी, व्यापार, पारवहन र पर्यटन प्रवर्द्धनमा योगदान पुगाउन गौरिफन्टा नाकाको स्तरोन्ती गर्न संघिय सरकार समक्ष पहल गरिनेछ ।

शहरी विकासका विभिन्न क्षेत्रमा योगदान पुगाउँदै धनगढीलाई मेघासिटीको रुपमा विकास गर्दै प्रदेश तथा संघिय सरकारसंगको सहकार्यमा सुदूरपश्चिम प्रदेशको पहिलो महानगरपालिकाको रुपमा निर्माण गर्नका लागि आवश्यक पूर्वाधारहरुको विकासमा जोड दिईनेछ ।

'हाम्रा जन प्रतिनिधीहरु शासक होइन,
जनताका सेवक हुनेछन् ।'

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
मूल निर्वाचन परिचालन कमिटी
धनगढी उप-महानगरपालिका

सूर्य चिन्हमा मतदान गरौं नेकपा (एमाले) का उम्मेदवारहरुलाई विजयी बनाऔं ।

हाम्रो सङकल्प

• हाम्रा जनप्रतिनिधिहरू शासक होइन जनताका सेवक हुने छन् ।
• हाम्रा जनप्रतिनिधिहरू समाजिक जागरण र विकासका अभियन्ता हुने छन् ।

• हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनमा नमूना बन्ने छन् ।
• हाम्रा जनप्रतिनिधिहरूले सदाचारमा दृष्टान्त स्थापित गर्ने छन्
• हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भष्टचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टचार नियन्त्रण गर्ने छन् ।
• हाम्रा जनप्रतिनिधिहरूले भ्रष्टचारी, व्याभिचारी, अनियमितिता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरूलाई कानुनी कार्वाहीको दायरामा पुन्याउन अग्रणी भूमिका खेल्ने छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
मूल निर्वाचन परिचालन कमिटी
धनगढी उप-महानगरपालिका