मोबाइलको फ्ल्याश लाइट अझ चम्किलो बनाउने तरिका

मोबाइलको फ्ल्याश लाइट अझ चम्किलो बनाउने तरिका

१. आईफोनमा फ्ल्याश लाइट बढाउने वा घटाउने तरिका

सबैभन्दा पहिला आफ्नो आईफोनको कन्ट्रोल सेन्टर खोल्नुहोस् । प्रायः आईफोनहरूमा सोझै स्वाइप अप गर्दा कन्ट्रोल प्यानल खुल्छ । यदि तपाईंको आईफोनमा होम बटन छ भने होम बटनबाट स्वाइप अप अर्थात स्क्रिनमा तलबाट माथितर्फ धकेलेर गरी कन्ट्रोल सेन्टर देख्नुहुन्छ ।

– फ्ल्याश लाइटको आइकनलाई स्लाइडर नखुलेसम्म ट्याप गरेर होल्ड गरिरहनुहोस् । 

– त्यसपछि त्यहाँ देखिएको स्लाइडरलाई तल माथि गरेर फ्ल्याश लाइटको ब्राइटनेस घटाउन वा बढाउन सक्नु हुन्छ ।

 २. एन्ड्रोइडमा फ्ल्याश लाइटको ब्राइटनेस बढाउने र घटाउने तरिका

सबैजसो एन्ड्रोइड फोनमा फ्ल्याश लाइटको ब्राइटनेस बढाउने वा घटाउने फिचर समावेश हुँदैन । यदि छ भने पनि फ्ल्याश लाइटको ब्राइटनेस बढाउने तरिका फोनको एन्ड्रोइड भर्जन र त्यसको अपरेटिङ सिस्टम अनुसार फरक फरक हुनसक्छ ।

३ . सामसङ ग्यालेक्सी स्मार्टफोनमा फ्ल्याश लाइटको ब्राइटनेस बढाउने वा घटाउने तरिका

स्क्रिनमा माथिबाट स्वाइप डाउन गरेर कन्ट्रोल प्यानल खोल्नुहोस् ।

– त्यसपछि त्यहाँ रहेको फ्ल्याश लाइटको आइकन देखिन्छ । यदि नदेखिएको खण्डमा त्यसलाई स्वाइप डाउन गरेर कन्ट्रोल प्यानललाई विस्तार गरेर त्यहाँ भएका सम्पूर्ण आइकन देख्न सक्नुहुन्छ ।

फ्ल्याश लाइटमा त्यतिबेला सम्म ट्याप गरेर होल्ड गरिरहनु होस्, जबसम्म फ्ल्याश लाइट सेटिङ स्क्रिन देखिँदैन ।

– त्यसपछि तल ब्राइटनेस लेखिएको एउटा स्लाइडर देखिन्छ । त्यही स्लाइडरलाई सारेर फ्ल्याश लाइटको ब्राइटनेस बढाउन वा घटाउन सक्नुहुन्छ ।