रोमानियामा वैदेशिक रोजगारीको अवसर, मासिक तलब कति ?

रोमानियामा वैदेशिक रोजगारीको अवसर, मासिक तलब कति ?

रोमानियाको एक कम्पनीले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । रोमानिया सहरमा रहेको workpower srl कम्पनीले विभिन्न पदका लागि १०० जना परुष नेपाली कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।

कामदारले खान बस्नेतसहित तलब ७३ हजार बढी पाउनेछ । इच्छुक कामदारले जी सि डि वर्ल्डवाइड प्रालिको कार्यालय सिनामंगल काठमाडौंमा बैशाख २२ गते अन्तरवार्ता दिनुपर्ने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन  बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।