शिखर नगरपालिकामा डिजिटल सूचना पार्टी

शिखर नगरपालिकामा डिजिटल सूचना पार्टी

डोटी : डोटीको शिखर नगरपालिकामा डिजिटल सूचना पार्टी राखिएको छ । जिल्लामै पहिलो पटक शिखर नगरपालिकाले सेवाग्राहीको सहजताका लागि डिजिटल सूचना पार्टी राखेको मेयर सिताराम जोशीले बताउनुभयो । 

विद्युतीय माध्यमबाट छिटो प्रभावकारी हिसाबले सूचना प्रवाह हुने यो सूचना पार्टी सुरु गरिएको शिखर नगरपालिकाका सूचना अधिकृत कशिस मल्लले बताउनुभयो ।

सूचना पार्टीमा नगरपालिकावाट दिइने सेवा सुविधाहरु, नागरिक वडा पत्र, नगरपालिकाले गरेका हरेक कार्यक्रमहरु, योजनाहरु, नगरपालिका विभिन्न तथ्यांकहरुलगायत अन्य सूचना राखिएको छ । 

सूचना पार्टीमा सेवाग्राहीको सूचनामा सहज पहुँच, पारदर्शी र नगरपालिकावाट गरिने हरेक सेवाका गतिविधिका बारेमा जानकारी राखिएकाले पनि कसैलाई सोध्न पर्ने झण्झटबाट सेवाग्राहीलाई मुक्ति मिल्ने अधिकृत मल्लले बताउनुभयो ।   

नगरपालिकाले आफ्ना सम्पूर्ण वडा कार्यालयमा डिजिटल सूचना पार्टी राख्ने बताएको छ । नगरपालिकाले यसभन्दा पहिले घरघरमै सेवाको पहुँच पुर्‍याउने उदेश्यले मोबाइल एप सञ्चालन गरिसकेको छ ।

त्यसैगरी सामाजिक सुरक्षाका सम्पूर्ण तथ्याङ्कहरु समेत अनलाइनमा दर्ता गर्ने काम भैरहेको छ । यो खबर डोटीबाट उज्यालो अनलाईमा बिमल बिष्टले लेखेका छन ।