राज्य दोहन गरेको सम्पत्ति तपाईंसंग पुग्न सक्छ,सचेत रहनुहोस-उम्मेदवार बोगटी

राज्य दोहन गरेको सम्पत्ति तपाईंसंग पुग्न सक्छ,सचेत रहनुहोस-उम्मेदवार बोगटी

डडेल्धुरा । नेकपा एमाले डडेल्धुराका जिल्ला कमिटी सह-सचीव एवं आलिताल गाउपालिकाका अध्यक्ष पदका उम्मेदवार मीन बहादुर बोगटीले राज्य दोहन गरि कमाएको अकुत सम्पत्ति बाड्नेहरु प्रती सचेत रहन आलिताल बासीका जनताहरु संग अपिल गरेका छ्न । आलिताल ८ मा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले सोझासाझा जनताहरु लाई एक दुई हजारको  लोप देखाई सत्तामा पुगि देश लुट्न खोज्नेहरुलाई जनताले आफ्नो विवेक पुर्याएर पाखा लगाउनु पर्ने बताए। उनले त्यस्ता व्यक्तिहरुको पछि नलागेर एमालेलाई आसा र भरोसाको केन्द्र मानी आफ्नो सुनिश्चित भविष्यका लागि युवाहरु एकजुट भइ अघि बढ्नु पर्ने बताए। उनले एमाले मात्रै राष्ट्र र राष्ट्रियताका सवालमा लड्ने, वकालत गर्ने र राष्ट्रको संरक्षण गर्ने पार्टी भएकोले नेकपा एमालेलाई भोट दिई अत्याधिक बहुमतले जिताउन अनुरोध गरेका छ्न। 
उनले आलिताल बनाउनका लागि एमालेको पहिलो लक्ष्य स्थानीय स्रोत साधनको सदुपयोग हुने गरि उधोगको स्थापना गर्ने रहेको बताए। उनले भने;"यस आलिताल क्षेत्रका युवाहरुको ठूलो जमात  बेरोजगारको सिकार भएको छ।यस क्षेत्रका युवाहरुको व्यवस्थापनका लागि यहाको  स्रोत साधनको उचित सदुपयोग हुने गरी हामी उधोगको स्थापना गर्ने छौ जसले गर्दा आलिताल क्षेत्रका ३००-४०० जना युवाहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी प्राप्त गर्ने छ्न। "

विदेश नै जान चाहनेहरुका लागि पनि उनिहरुको उचित व्यवस्थापनका लागि युवाहरुको कार्यदक्षता  र अनुभव बटुलेर,अध्ययन गरेर त्यो अनुसारको शिपमुलक तालिमहरु को व्यवस्था गर्ने, बैज्ञानिक कृषि प्रणाली संग आवद्ध गराई वैदेशिक रोजगारीको वातावरण सिर्जना गर्ने र निशुल्क भाषा शिक्षा कक्षाहरु संचालन गर्ने समेत उनले बताए। 

"गठबन्धन भनेको मिलिजुली देश लुट्न  र केही व्यक्तीहरुको व्यक्तीगत स्वार्थ पूरा गर्न बनेको समूह हो" उनले भने; 
"जनताले दुई तिहाई जनमत दिएर पठाएको सरकारलाई भताभुङ्ग पार्नेहरुलाई जनताले चिन्नु पर्दछ।"

अध्यक्ष पदका उम्मेदवार बोगटीले आलितालको चौतर्फी विकासका लागि यहाका किसानका लागि समेत विषेश योजनाहरु रहेको बताएका छ्न।  आलितालको समग्र कृषि र पर्यटन विकासका लागि यहाका प्राकृतिक  सम्पदाहरु लगायत  सास्कृतिक सम्पदाहरुको संरक्षणका लागि आफू  र आफ्नो पार्टी एमाले सधै प्रतिबद्ध रहेको समेत उनले बताए।