नेपालमा २० जना कोरोना संक्रमित थपिदा २७ डिस्चार्ज

नेपालमा २० जना कोरोना संक्रमित थपिदा २७ डिस्चार्ज

पछिल्लो २४ घन्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर गरिएका २ हजार ५ सय ८ पीसीआर परीक्षणका क्रममा १८ जना र ७ सय १५ एन्टिजेन परीक्षणबाट २ जनामा संक्रमण देखिएको हो।

कोरोनाबाट आइतबार कसैको पनि मृत्यु भएको छैन।

मन्त्रालयका अनुसार आइतबार २७ जना कोरोनामुक्त भएका छन्। यो सहित हालसम्म ९ लाख ६६ हजार ६ सय ५६ जना निको भएका छन्। हाल नेपालमा २ सय २१ सक्रिय संक्रमित रहेका छन्।