युक्रेन युद्धले खाने तेलको मूल्यमा विश्वव्यापी वृद्धि

युक्रेन युद्धले खाने तेलको मूल्यमा विश्वव्यापी वृद्धि

विश्वकै सबैभन्दा ठूलो पाम तेलको उत्पादक, इन्डोनेशियाले गत हप्ता मात्र घरेलु मूल्य वृद्धिलाई समाधान गर्न तेल निर्यात बन्द गर्ने घोषणा गरेको छ । यसमा कोभिड महामारी र युक्रेन युद्धका कारण खाने तेलको मूल्य यो स्तरमा बढिरहेको बताइएको छ । 

यसरी विश्वव्यापी रुपमै तेलसहित विभिन्न खाद्यान्नको मूल्य अकाशिएको अवस्था छ । यसमा पनि खाने तेल विशेषगरी भारतको १.३८ अर्ब जनसङ्ख्याको डायटको महत्वपूर्ण हिस्सा हो । भारत विश्वकै दोस्रो सबैभन्दा ठूलो वनस्पति तेल निर्यात तथा उपभोग गर्ने देश हो । यसले आफ्नो ५६ प्रतिशत आवश्यकता सातवटा देशबाट निर्यात गरि पूरा गर्दै आएको छ । 

भारतमा विशेषगरी पाम, सोयाबिन र सूर्यमूखी तेलको बढी प्रयोग हुन्छ । पाम तेलका लागि यसले ९० प्रतिशत इन्डोनेशिया र मलेसियाबाट भित्र्याउँदै आएको छ । सूर्यमुखी तेलको माग पूरा गर्न चाहिँ यसले आधा भन्दा बढी रुस र युक्रेनबाट आयात गर्ने गरेको छ । 

यो भनेको विश्वव्यापी निर्यातको ८० प्रतिशत हिस्सा हो । तर हाल रुस र युक्रेनबीच जारी युद्धका कारण यसपटक सूर्यमुखी तेलको आपूर्ति २५ प्रतिशतले कटौती हुने देखिएको छ । यसैगरी पाम तेलको दोस्रो ठूलो उत्पादक मुलुक मलेसियामा पनि यसको निर्यातमा कडाइ गर्न थालिएको छ ।