शिक्षक परीक्षामा ८८ प्रतिशत फेल

शिक्षक परीक्षामा ८८ प्रतिशत फेल

शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि सञ्चालन गरेको खुला पदपूर्तिको सामान्य परीक्षामा १२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

परीक्षामा ३२ हजार ९७ जना सहभागी भएकामा ३ हजार ८ सय ८६ जनाले मात्रै सय पूर्णांकमा ५० अंक ल्याएका हुन् । सामान्य परीक्षामा उत्तीर्णले मात्र दोस्रो चरणको विषयगत परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ । 

आयोगले मावि तृृतीय श्रेणीका १ हजार ५ सय ५२ शिक्षक नियुक्तिका लागि गत चैत १५ मा सञ्चालन गरेको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो ।

पहिलो चरणको परीक्षामै ८८ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण हुनाले केही विषयमा तत्काल शिक्षक पदपूर्ति हुन नसक्ने भएको छ । ‘संस्कृत, स्वास्थ्य शिक्षालगायतका केही विषयमा एक जना पनि सफल भएका छैनन्,’ आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले भने ।

आयोगले गत वर्ष सञ्चालन गरेको शिक्षक लाइसेन्सको परीक्षामा साढे ७ प्रतिशत मात्रै सफल भएका थिए ।