युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्वन्द्व समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताएका छन्। युक्रेनमा हाल जारी  समस्या समाधानका लागि वार्ता र कूटनीतिक पहल जरुरी रहेको उनको भनाइ थियो।

हाल युरोप भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले मंगलबार डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि सो धारणा राखेका हुन्।

डेनमार्कका आफ्ना समकक्षीको वार्तापछि मंगलबार आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा उनले भने, ‘युक्रेनको संकट समाधान गर्न वार्ताका साथै कूटनीतिक प्रयासलाई गति दिनुपर्छ, यही माध्यमबाट नै समस्या समाधान हुनेछ।’ 

भारतले युक्रेनमा शान्ति चाहेको भन्दै हाल जारी आक्रमणलाई रोकेर अविलम्ब कूटनीतिक वार्ता थाल्नुपर्ने भारतको धारणा रहेको पनि उनले बताए।