टी–२० सिरिज : जिम्बावे 'ए' ले नेपाललाई दियो १३७ रनको लक्ष्य

टी–२० सिरिज : जिम्बावे 'ए' ले नेपाललाई दियो १३७ रनको लक्ष्य

जिम्बावे 'ए' सँगकाे तेस्राे तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपालले एक सय ३७ रनकाे लक्ष्य पाएकाे छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे जिम्बावे 'ए' ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन बनायाे । उसका लागि राेए कायाले ४९, तदिवान्शे माैरामनीले २७ र लुके जाेङ्गेले नटआउट २३ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा साेमपाल कामी र बसिर अहमदले एक/एक विकेट लिए । जिम्बावे 'ए' का तीन जना खेलाडी रन आउट भए । 

टी–२० शृङ्खलापछि नेपाल र जिम्बावेबीच तीन खेलकाे एकदिवसीय शृङ्खला पनि हुँदैछ । २३ गते शुक्रवार पहिलो एकदिवसीय, २४ गते शनिवार दोस्रो र २६ गते सोमवार तेस्रो एकदिवसीय खेल हुनेछ ।