जिम्बाब्वे ‘ए’विरुद्ध नेपालको शानदार जित, शेखले नटआउट ८७ रन बनाए

जिम्बाब्वे ‘ए’विरुद्ध नेपालको शानदार जित, शेखले नटआउट ८७ रन बनाए

जिम्बावे 'ए' सँगकाे तेस्राे तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल आठ विकेटले विजयी भएकाे छ । जिम्बावे 'ए' ले दिएकाे एक सय ३७ रनकाे लक्ष्य नेपालले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर भेटायाे ।

नेपालका लागि आसिफ शेखले नटआउट ८७ रन बनाए । यस्तै कुशल भुर्तेल ३४ र बसिर अहमद १० रन बनाएर आउट भए । बलिङतर्फ जिम्बावे 'ए' का लाेके जाेङ्गी र ब्रान्डन मभुताले एक/एक विकेट लिए ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे जिम्बावे 'ए' ले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन बनायाे । उसका लागि राेए कायाले ४९, तदिवान्शे माैरामनीले २७ र लुके जाेङ्गेले नटआउट २३ रन बनाए । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले दुई तथा साेमपाल कामी र बसिर अहमदले एक/एक विकेट लिए । जिम्बावे 'ए' का तीन जना खेलाडी रन आउट भए । 

याेसँगै तीन खेलकाे शृङ्खला एक–एककाे बराबरीमा सकिएकाे छ । यसअघि पहिलाे टी–२० खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएकाे थियाे । दाेस्राे खेल भने वर्षाका कारण रद्द भएकाे थियाे । 

टी–२० शृङ्खलापछि नेपाल र जिम्बावेबीच तीन खेलकाे एकदिवसीय शृङ्खला पनि हुँदैछ । २३ गते शुक्रवार पहिलो एकदिवसीय, २४ गते शनिवार दोस्रो र २६ गते सोमवार तेस्रो एकदिवसीय खेल हुनेछ ।