धनगढी ११ मा काँग्रेस उम्मेदवारहरू द्वारा १६ बुँदे प्रतिबद्धता सार्वजनिक

धनगढी ११ मा काँग्रेस उम्मेदवारहरू द्वारा १६ बुँदे प्रतिबद्धता सार्वजनिक

धनगढी : धनगढी उप-महानगरपालिका वडा नम्बर ११ को नेपाली काग्रेंस वडा अध्यक्ष सहित पदाधिकारीका उम्मेदवारीले १६ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन । पर्यावरणमैत्री साथै भ्रष्टाचार रहित वडा कल्पना सहितको बुधबार वडाका उम्मेदवारहरुले सार्वजनिक गरेका हुन । 

वडा अध्यक्षका उम्मेदवार श्यामबहादुर विष्टले वडा नम्बर ११ को विस्तृत परियोजना प्रतिवेदन तयार गरि नगरकै नमुना वडा बनाउने प्रतिवद्धता व्यक्त गरे । वडा अध्यक्ष विष्टले वडाको हकमा कुनै पनि सरकारी सुविधा नलिई आएको रकम खेलकुद, शिक्षा, बृद्धा, एकल महिला, दलित र कृषिमा लगानी प्रतिवद्धता व्यक्त गरे ।

उनले बृद्धा तथा एकल महिलाले पाउने भत्ता घरसम्म पुर्याउने सुविधा उपलब्ध गराउने, राना, थारु संग्राहलय बनाई रान थारु होमस्टेको व्यवस्था गरि पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने, विकासका गतिविधीहरु र वित्तिय गतिविधीहरुको बारेमा सम्पूर्ण वडा वासीहरुलाई सूचित गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले वडा नम्बर ११ लाई लागुऔषध मुक्त वडा बनाई युवाहरुलाई स्वरोजगारका कार्यक्रमहरुको पहुँचमा ल्याउने, वडा क्षेत्रभित्र अपाङ्मैत्री सार्वजनिक शौचालय साथै शुद्ध खानेपानीको व्यवस्था गर्ने, वडाबासीहरुको सुरक्षा सर्तकर्तालाई मध्यनजर गर्दै वडा क्षेत्रका प्रत्येक मुल सडक र शाखा सडकहरुमा सडक बत्तीका साथै सुरक्षा निकायलाई परिचालित गरि अपराध न्यूनिकरण गर्न अग्रसर रहने, सामुदायिक विद्यालयको स्तरोन्नती गराई कक्षा १० सम्म निःशूल्क शिक्षाको व्यवस्था गर्ने र छात्राहरुलाई निःशुल्क सेनेटरी प्याडको व्यवस्थाका साथै दक्षिणकाली प्राथमिक विद्यालयलाई प्रदेशकै नमुना विद्यालयको रुपमा परिणत गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ । 

प्राकृतिक विपद व्यवस्थापनलाई मध्यनजर गर्दै आकस्मिक कोषको स्थापना गरि आकस्मिक राहतको खाका तयार पारी सहजीकरण गर्ने, कृषिमा कृषि मिटर, विउविजन, मलखाद, कृषि औजारमा लगानी गरि कृषकलाई प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, वालमैत्री सार्वजनिक उद्यान क्षेत्र निर्माण गर्ने, वडामा मुस्कान सहितको सेवा प्रदान गर्ने पनि प्रतिवद्धता पत्रमा उल्लेख छ । उम्मेदवार विष्टले आफु सधै सामाजिक कार्यमा क्रियाशिल रहेको र वडाबासीहरु कसैमा पनि कुनै विभेद नराखि काम गरेको बताए ।