एमाले परित्याग गरि छ जना सहित ९ जनाले गरे नेपाली काङ्ग्रेस प्रवेश

एमाले परित्याग गरि छ जना सहित ९ जनाले गरे नेपाली काङ्ग्रेस प्रवेश

डडेल्धुरा आलिताल ५ मा एमाले परित्याग गरि छ जना सहित जम्मा ९ जनाले नेपाली काङ्ग्रेस प्रवेश गरेका छ्न । छ जना एमाले बाट र तीन जना साधारण नागरिक गरि  ९ जनाले नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरेका हुन। उनिहरुलाई महाधिवेशन प्रतिनिधि एवं अध्यक्ष पदका उम्मेदवार समेत रहेका बल बहादुर गुरुङले नेपाली काङ्ग्रेसको सदस्यता बितरण गरेका थिए। बुधबार आलिताल ५ बाहिरिसैन मा भएको चुनावी भेलामा एमाले पारीत्याग गरि नेपाली काङ्ग्रेस पार्टी प्रवेश गर्नेहरुमा प्रताप बुढा मगर,टेक बहादुर बिष्ट,मन्धरी देवि बिष्ट,पदमा देवि बिष्ट, ठगु देवि बिष्ट,तुलि देवि बिष्ट रहेका छ्न भने कुनै पनि पार्टीमा आबद्ध नभएका  मानमती बिष्ट, कौशिल्ला देवि बिष्ट र मान बहादुर बिष्ट रहेका छ्न ।
उनिहरुले नेपाली काङ्ग्रेस नै जनताका पीडा सुन्ने बुझ्ने पार्टी भएको र नेपाली काङ्ग्रेसले नै बिकास गर्न सक्ने भएका कारण  नेपाली काङ्ग्रेस पार्टी प्रवेश गरेको बताएका छ्न। 

अध्यक्ष उम्मेदवार गुरुङले उनिहरुलाई स्वागत गरेका थिए।  बुधबार सम्पन्न भएको उक्त भेलामा बोल्दै गुरुङले अल्पमतमा रहेर पनि थुप्रै काम हरु गरेको बताए। उनले भने;" हामी अल्पमतमा थियौ,कुनै पनि काम गर्न बहुमत चहिन्छ। अल्पमतमा भएरपनि थुप्रै काम गरेका छौ।कुनै पनि निर्णय गर्न बहुमत चाहिन्छ तर ०७४ को चुनावमा  हाम्रो बहुमत नपुग्दा हामिले गर्न चाहेका अनेकौ कामहरुमा पनि बिपक्षीले बाधा पुर्याए।"
 
गाउँपालिकाकै केन्द्रविन्दु रहेको वडा नम्बर ५ जहाँ गाउँपालिका कार्यालय अवस्थित रहेको छ। अध्यक्ष उम्मेदवार गुरुङले प्रदेश बाट आएका विभिन्न योजनाहरुमा गाउँपालिका र वडासंग कुनै समन्वय नगरि मनपरी ढंगले रकम निकास गरि चरम भ्रष्टाचार गरेको बताए।  खेलकुद मैदानका लागि प्रदेश सरकारबाट आएको बजेट खेलकुद मैदान नबनाई रकम दुरुपयोग गरेको बताए। उनले भने ;"खेलकुद मैदान बनाउन प्रदेश सरकारबाट आएको रकम दुरुपयोग गरिएको छ। खेलकुद मैदान बनाउनु त परको कुरा हो खेलकुद मैदानका लागि जमिन नै टुंगो नलागेको अवस्था छ।" 
उनले थपे;"त्यसैले आएका योजनाहरु पनि अलपत्र पार्ने र भ्रष्टाचार गर्नेहरुलाई जनताले चिन्नुपर्छ।नेपाली काङ्ग्रेसले  गर्न नसक्ने बोल्दैन र जे बोल्छ त्यो गर्छ।"
जनतालाई झुटा सपना देखाउने विकास विरोधीहरुको पहिचान गरि जनताले विवेक प्रयोग गरि मतदान गर्नुपर्ने समेत उम्मेदवार गुरुङले बताए।