नेपाल र जिम्बावे‘ए’ बीचको पहिलो एकदिवसीय खेल आज

नेपाल र जिम्बावे‘ए’ बीचको पहिलो एकदिवसीय खेल आज

नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा आज शुक्रबार जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र जिम्बावे ‘ए’ बीचको खेल बिहान ९ः३० बजे सुरु हुनेछ । टी–ट्वान्टी सिरिज बराबरी गरेको नेपालले एकदिवसीय सिरिज जित्ने योजना बनाएको छ ।

तर, बलियो टोली जिम्बावे‘ए’ विरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन् । नेपाललाई आजको खेलमा जित निकाल्दै सिरिजको सुखद सुरुवात गर्ने मौका छ ।

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ सँग प्रतिस्पर्धा गर्न लागेको हो । लिग टू मा एकदिवसीय खेल खेल्ने भएकाले नेपाललाई यो सिरिज महत्वपूर्ण हुनेछ ।