दोस्रो एकदिवसीय सिरिज : जिम्बावे ‘ए’विरुद्ध फिल्डिङ गर्दै नेपाल

दोस्रो एकदिवसीय सिरिज : जिम्बावे ‘ए’विरुद्ध फिल्डिङ गर्दै नेपाल

घरेलु टोली नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’विरुद्ध फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपालले दोस्रो एकदिवसीय अभ्यास खेलअन्तर्गत जिम्बावेविरुद्ध खेल्न लागेको हो ।

शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग ३ विकेटले पराजित भएको थियो। योसँगै नेपाल तीन एकदिवसीय अभ्यास खेलमा १-० ले पछि परिसकेको छ। जित्नैपर्ने दबाबमा रहेको नेपाल आज जिम्बाब्वेविरुद्ध पहिलो खेलमा बेहोरेको हारको बदला लिँदै सिरिज बराबरी गर्ने सोचमा छ ।

आईसीसी पुरुष क्रिकेट विश्व कप लिग २ अन्तर्गत अमेरिकामा हुने त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तयारीमा नेपालले जिम्बाब्वे ‘ए’ सँग तीन एक दिवसीय र तीन टी–२० श्रृङ्खला खेलेको हो । यसअघि भएको तीन खेलको टी–२० श्रृङ्खला एकरएकको बराबरीमा सकिएको थियो ।