राणासँग धनगढी बनाउने सपना रहेनछ, म मात्र होइन सिङ्गो सुदूरपश्चिम निराश भएको छः नारदमुनि राना

राणासँग धनगढी बनाउने सपना रहेनछ, म मात्र होइन सिङ्गो सुदूरपश्चिम निराश भएको छः नारदमुनि राना

धनगढी ।  नेकपा एमालेका नेता नारदमुनि रानाले कांग्रेस नेतृ एवम् प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई धनगढी बनाउने भिजन नभएको र राणाका पछिल्ला अभिव्यक्तिले सिङ्गो सुदूरपश्चिम निरास भएको बताएका छन् ।  आज धनगढी उप-महानगरपालिकाको वडा नम्बर १२ को चुनावी सभालाई सम्बोधन गर्दै रानाले सो आरोप लागाएका हुन् । 

आरजु राणा देउवाले हिजो मात्रै कैलालीमा एउटा वडाबाट ५–६ जना युवालाई मलेसिया पठाइदिने आश्वासन बाँडेकी थिइन् । उनले आफूलाई मलेसियामा फ्रि भिसा फ्रि टिकटको केही कोटा प्राप्त भएको उल्लेख गरेकी थिइन् । उक्त कोटामा त्यस वडाबाट ५-६ जनालाई मलेसिया पठाउने प्रयास गर्ने उनको आश्वासन छ ।

राणालाई नै हराएर प्रतिनिधि सभा सदस्य भएका रानाले त्यही प्रसङ्ग उल्लेख गर्दै राणासँग भिजन नभएको आरोप लगाए ।  

उनले भने, ‘उहाँ सँग देश बनाउने  सपना रहेनछ । सुदूरपश्चिम बनाउने सपना रहिनछ । धनगढी बनाउने सपना रहिनछ । म मात्र होइन सिङ्गो सुदूरपश्चिम बासी निराश भएका छन् । ’

डडेल्धुरामा राणाले दिएको अभिव्यक्तिबारे पनि रानाले टिप्पणी गरेका थिए । राणाले डडेल्धुरमा आफ्नो घर भएको र कांग्रेसले हारेको ठाउँमा बजेट नदिने बताएकी थिइन् । ‘उहाँ डडेल्धुराको बासी हो रे । अनि कैलाली किन रोज्ने चुनावमा ?’  रानाले भने, ‘धनगढीका जनतालाई ढाँट्दै हिँड्नु भएको छ ।

त्यस्तै, रानाले राणालाई मान्छे बेच्ने गरेको आरोप लगाएका हुन् । ‘धनगढीको विकासको कुरा गर्छन् कि भनेर कुरा सुन्न गाएका थिए  । दूरपश्चिममा उद्योग, कलकारखाना, आर्थिक समृद्धि र प्रगतिको कुरा गर्छन् कि भनेर सुन्न गएका थिए’ रानाले भने, ‘तर तपाइहरूका छोराहरू छोरी हरू छन् भने विदेश जान चाहान्छ भने, म विदेश पठाइदिन्छु भन्दै उहाँ मान्छे बेच्ने , मान्छेको दलाली गर्ने काममा तल्लीन हुनुहुने रहेछ ।’

जहाँ कांग्रेस हार्छ त्यहाँ पैसा दिन्नौ जहाँ कांग्रेस जित्छ त्यहाँ मात्रै पैसा दिन्छौँ  । नेपाल सरकारको ढुकुटी आरजुको प्रोपटी होइन।’ उनले नेपाल सरकारको बजेट कुनै व्यक्तिले दिने वा नदिने भन्न नसक्ने बताए ।