धनगढीमा स्थानीय तह निर्वाचन सम्वन्धी प्रदेश स्तरीय छलफल सम्पन्न

धनगढीमा स्थानीय तह निर्वाचन सम्वन्धी प्रदेश स्तरीय छलफल सम्पन्न

कैलाली : स्थानीय तह निर्वाचन सम्वन्धी प्रदेश स्तरीय छलफल कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । बागेश्वरी असल साशन क्लव ९बास० को आयोजनामा धनगढीमा एक दिने कार्यशाला सम्पन्न गरीएको हो ।

आसन्न स्थानीय तहको निर्वाचनमा महिला, दलित, सिमान्तकृत र यौनीक लैङ्गीक तथा अल्पसंख्यक समुदायका बिभीन्न व्यक्तित्वहरुसंग निर्वाचनमा उनीहरुको सहभागिता तथा मतदाता शिक्षा सम्वन्धी छलफल गरिएको हो ।

गठबन्धनका कारण स्थानीय तह निर्वाचनमा धेरै मतपत्र बदर हुन सक्ने सम्भावना रहेको बिभीन्न बिज्ञहरुले बताइरहेका छन् । मतपत्र बदर हुन सक्ने सम्भावना रहेपनि अहिले सम्म कुनै पनि संघसंस्थाहरुले यस सम्वन्धी कार्यक्रमहरु गर्न सकेका छैनन् । तर बास नेपालले धेरै मतपत्र बदर नहोस र धेरै भन्दा धेरै मतपत्र सदर होस भनेर धनगढीमा प्रदेश स्तरिय मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।

स्थानीय तहको निर्वाचनमा भोट कहिकतै पनि बदर नहोस भन्ने उद्देश्य कार्यक्रमको आयोजना गरीएको बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले बताए । ‘मतपत्र कसरी हाल्ने भन्ने बारे अझै धेरैलाई थाहा छैन,’ उनले भने मतदाता शिक्षाको कमि छ ।,

निर्वाचन अधिकृत प्रेम भट्टले स्थानीय तह निर्वाचन २०७४ मा ४।५ प्रतिशत मतपत्र बदर भएको बताए । धेरै मतदाताले कसरी भोट हाल्ने भन्ने नै स्पष्ट हुन नसकेपछि मत बदर हुने सम्भावना अझै बढेको उनको भनाई छ ।

युनएनडिपी, ईएसपी र युएन वमेनको सहयोगमा बास नेपालले अहिले लुम्बीनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा यी कार्यक्रमहरु सञ्चालन गरीरहेको छ ।