कैलालीको लम्कीचुहामा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एक युवकको मृत्यु

कैलालीको लम्कीचुहामा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका एक युवकको मृत्यु

कैलाली । कैलालीको लम्कीचुहामा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ।  लम्कीचुहा नगरपालिका-४ बलियामा दुई मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका सोही ठाउँका २८ वर्षीय महेन्द्र बजगाईको मृत्यु भएको हो।

उनको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ। गत बिहीबार सुपप्र ०१ ००८ प ९२०० र से ४ प ३१७३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। 

अर्को मोटरसाइकलमा सवार लम्कीचुहा-४ कै नवीन चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको बताइएइको छ।