जानी राखौँ मतदान केन्द्रमा खटिने मतदान अधिकृतले ध्यान दिनुपर्ने कुराहरू

जानी राखौँ मतदान केन्द्रमा खटिने मतदान अधिकृतले ध्यान दिनुपर्ने कुराहरू

मतदान केन्द्रमा खटिने मतदान अधिकृतले ध्यान दिनुपर्ने कुराहरु:-

१. चेकलिस्ट बमोजिमको मतदान सामग्री र मतपत्र यकिन गरेर मात्र बुझ्ने,

२. मतदान केन्द्रमा प्रस्थान गर्नु अघि आफू खटिएको मतदान केन्द्रमा खटिने अन्य कर्मचारी र सुरक्षाकर्मीसँग समन्वय गर्ने,
३. मतदान केन्द्रमा पुगेपछि सकभर छिटो सर्वदलीय बैठक राख्ने,

४. मतदान केन्द्रमा सहयोग गर्न कम्तीमा १ जना महिला ३ जना स्वयंसेवक नियुक्त गर्ने (बढीमा ३ दिनको लागि)

५. राती बास बस्दा उम्मेदवार, निजको नातेदार र निर्वाचन प्रतिनिधि बाहेकको घर वा होटलमा बास बस्ने, (मतदान केन्द्रमा बस्ने नमिल्ने भएमात्र)

६. मतदान भन्दा अगावै मतदाता परिचयपत्र वितरण गरिसक्नुपर्ने,

७. अनसूची-३३ बमोजिमको ढाँचामा मतदान केन्द्र निर्माण गर्ने,(सकभर स्थानीय स्तरमा उपलब्ध हुने डोरी, बाँस, घोचा, पाल प्रयोग गर्ने),

८. मतदान प्रतिनिधिको नियुक्ति गर्ने,

९. मतदान केन्द्रको चारैतिरको ३०० मिटर सम्मको क्षेत्रलाई चारकिल्ला तोकी घोषित गर्ने,

१०. मतदान हुने दिनको ४८ घण्टा अगावै प्रचार प्रसार गर्न वा शान्ति भंग गर्न निषेध गरेको सूचना प्रकाशन गर्ने,

११. मौन अवधि भित्र मादक पदार्थ विक्रि वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशन गर्ने,

१२. सुरक्षाकर्मी बाहेक अन्यलाई हातहतियार लिएर हिँड्न वा प्रयोग गर्न नदिने सूचना प्रकाशन गर्ने,

१३. मतदान कार्य नसकिएसम्म मतदान सामग्री बाहिर लैजान वा अनधिकृत व्यक्तिलाई छुन नदिने,

१४. तोकिएको समयभित्र इमान्दारसाथ मतदान कार्य सम्पन्न गरी मतपेटिका र अन्य सामग्री सुरक्षित साथ सम्बन्धित पालिकाको निर्वाचन अधिकृतको कार्यालयमा बुझाउने।