जम्काभेटमा बालेनलाई स्थापितकाे आशीर्वाद : ‘सफल इन्जिनियर भवः’

जम्काभेटमा बालेनलाई स्थापितकाे आशीर्वाद : ‘सफल इन्जिनियर भवः’

काठमाण्डाै । काठमाण्डौ महानगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहबीच जम्काभेट भएको छ ।

चुनावी घरदैलोका क्रममा उहाँहरूबीच आज आइतवार बिहान जम्काभेट भएको हो । भेटमा दुवै जनाले हासिमजाक गरेका छन् भने फोटो पनि खिचाएका छन् ।

भेटमा बालेनले आफूलाई आशीर्वाद दिन भन्दै स्थापितको हात हाफ्नो टाउकोमा राख्नुभयो । आशीर्वाद दिँदै स्थापितले भन्नुभयो, ‘सफल इन्जिनियर भवः’ । जम्काभेटमा दुवै पक्षका समर्थकले आ–आफ्नो पक्षमा चर्को नाराबाजी गरेका थिए ।