डडेल्धुरा शाखा कार्यालयमा भएको घटना प्रति पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण

डडेल्धुरा शाखा कार्यालयमा भएको घटना प्रति पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण

धनगढी । नेपाल पत्रकार महासंघ डडेल्धुरा जिल्ला शाखाको कार्यालयमा तोडफोड भएको घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नागरिक आन्दोलनको अग्रणी तथा सार्वजनिक संस्थाको रूपमा रहेको महासंघको कार्यालयमा प्रवेश गरी सभाकक्ष, स्टोर कक्ष, दराज जस्ता भौतिक संरचना र जिन्सी सामानमा क्षति पुऱ्याउने कार्य सार्वजनिक अपराध भएको बताएको हो । 

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समिति महासचिव रामसिंह ठगुन्नाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ ।, ''नेपाल पत्रकार महासंघ डडेल्धुरा जिल्ला शाखाको कार्यालयमा तोडफोड भएको घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ । नागरिक आन्दोलनको अग्रणी तथा सार्वजनिक संस्थाको रूपमा रहेको महासंघको कार्यालयमा प्रवेश गरी सभाकक्ष, स्टोर कक्ष, दराज जस्ता भौतिक संरचना र जिन्सी सामानमा क्षति पुऱ्याउने कार्य सार्वजनिक अपराध हो ।''

त्यस्तै, विज्ञप्तिमा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै भनिएको छ ।, ''यस घटनाको निन्दा गर्दै प्रदेश समितिले दोषी पत्ता लगाई कानुनी कारबाही गर्न माग गर्दछौँ । स्थानीय प्रशासन र प्रहरीको महासंघको कार्यालयमा तोडफोड गरिएको घटनाले स्थानीय शान्ति, सुरक्षा र अमन चयनमा बाधा गरेको ठहर गर्दै महासंघले सार्वजनिक सम्पत्तिमाथि हुने आक्रमण, तोडफोड जस्ता अनैतिक कार्य नियन्त्रण गरी स्थानीय शान्ति, सुरक्षा र अमन चयन कायम गर्न प्रदेश समितिले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौ ।''

प्रेस विज्ञप्ति: