सत्ता गठबन्धनको पक्षमा विज्ञप्ति जारी गर्ने पाँच पत्रकार संगठनलाई आयोगले सोध्यो स्पष्टिकरण

सत्ता गठबन्धनको पक्षमा विज्ञप्ति जारी गर्ने पाँच पत्रकार संगठनलाई आयोगले सोध्यो स्पष्टिकरण

सत्ता गठबन्धनको पक्षमा विज्ञप्ति जारी गर्ने पाँच पत्रकार संगठनलाई निर्वाचन आयोगले स्पष्टिकरण मागेको छ । सत्ता गठबन्धनको पक्षमा विज्ञप्ति जारी गर्ने  नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन, नेपाल प्रेस मञ्च र प्रगतिशील पत्रकार संघले जारी गरेको ‘मतदाताहरुलाई हार्दिक अपिल’ विषयको विज्ञप्तिप्रति ध्यानआकर्षण भएको जनाउँदै आयोगले उल्लेखित संगठनहरुलाई २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो । 

‘पत्रकारिताको क्षेत्र र राजनीतिक क्षेत्र भिन्न हो, होइन ? कुनै पनि सञ्चार प्रतिष्ठान सम्बद्ध कर्मचारी र पत्रकारले पेशागत संघ÷संगठनमा आवद्ध भई सो मार्फत निर्वाचन आचारसंहिता विपरित वक्तव्य जारी गर्दा आचारसंहिता उल्लंघन हुँदैन भन्ने दलिल पेश गर्न मिल्छ, मिल्दैन ?’, आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेखित संगठनहरुलाई प्रश्न गरिएको छ ।  

निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान तथा सोमा आबद्ध कर्मचारी तथा पत्रकारले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने व्यवस्था छ । -नयाँ पत्रिकाबाट