८ वटै वडा मध्ये सबैभन्दा विकसित वडा ४ नम्बर वडा हो- वडा अध्यक्ष उम्मेदवार बोहरा

८ वटै वडा मध्ये सबैभन्दा विकसित वडा ४ नम्बर वडा हो- वडा अध्यक्ष उम्मेदवार बोहरा

डडेल्धुरा ।नेपाली काङ्ग्रेस आलिताल गाउँपालिकाका सभापति एवं वडा अध्यक्ष पदका उम्मेदवार चन्द्र देव बोहराले आलिताल गाउँपालिकामा ८ वटै वडा मध्ये सबैभन्दा विकसित वडा ४ रहेको बताएका छ्न। उनले आफुले गरेका ९०% प्रतिबद्धताहरु पूरा गरेको समेत बताए।उनले धनगढी खबर सङ्गको कुराकानीमा २०७४ सालको निर्वाचनमा आफुले बोलेका ९०% प्रतिबद्धताहरु पूरा गरेको बताएका छन।
उनले भनेका छ्न;" प्रमुख कुरा जनताको सेवा गर्नु हो। म जनताको सेवा गर्न राजनितीमा आएको हु। मैले २०७४ सालको निर्वाचनमा आफुले बोलेका मध्ये ९०% प्रतिबद्धताहरु पूरा गरिसकेको छु,१०% सुरु भईसकेका छ्न।"
 
आसन्न निर्वाचनमा उनले आफुलाई अत्याधिक मतले बिजयी गराईदिन समेत आग्रह गरेका छ्न। आफुले सुरु गरिसकेका योजनाहरु अलपत्र पर्ने चिन्ता व्यक्त गर्दै उम्मेदवार बोहराले आफुले जित्नै पर्ने बताए। उनले वडाका हरेक टोल बस्ती सडक संजालले जोडिएको समेत बताए। उनले भने;"हरेक टोलटोल बस्तीबस्ती सडक संजाल संग जोडिएका छ्न।हरेक बस्तीमा बिजुली पुगेको छ। शिक्षा र स्वास्थ्यका सम्बन्धमा धेरै सुधार भएको छ।"
विद्यालय भवनमा रहेको वडा कार्यालयलाई वडाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरि संचालनमा ल्याएको समेत उनले बताए। 
आसन्न निर्वाचनमा पनि उनले थुप्रै प्रतिबद्धताहरु गरेका छ्न।नागरिकहरुको जिवनस्तर माथी उकास्न उनले कृषी,पशुपालन र घरेलु उधोगलाई समेत प्राथमिकतामा राखेका छन। कृषीका लागि सिचाई र कृषी तथा पशुपालन बाट उत्पादन हुने उपभोग्य सामग्रीको उचित व्यबस्थापन तथा बजारीकरण गर्न सडक, यातायातको व्यवस्थालाई सुदृढ गर्ने समेत उनका प्रतिबद्धताहरु रहेका छ्न।