१३ औं सागको स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत फेला

धनगढी खबर    

१३ औं सागको स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत फेला

ललितपुर । भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृतवस्थामा फेला परेकी छन् । उनी आफू बस्दै आएको कोठमा मृत फेला परेकी हुन् ।  

एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् । ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी आज बिहान मृत अवस्थामा फेला परेकी हुन् । 

नेपालगञ्ज निवासी चौधरीले सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । 



मङ्गलबार २७, बैशाख २०७९ ११:५९ मा प्रकाशित

#चौधरी मृत फेला
Loading...

प्रतिकृया दिनुहोस