शान्तिक्षेत्र विद्यालयमा दलगत कार्यक्रम नगर्न आग्रह गर्दै तीन दिन विद्यालय बन्द गर्ने निर्णयको विरोध

शान्तिक्षेत्र विद्यालयमा दलगत कार्यक्रम नगर्न आग्रह गर्दै तीन दिन विद्यालय बन्द गर्ने निर्णयको विरोध

धनगढी । स्थानीय तह निर्वाचनका लागि सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेकामा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान सिजप ले विरोध जनाएको छ ।

विद्यालयमा मतदान केन्द्र रहने भएकाले निर्वाचन आयोगको अनुरोधमा सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले बिहीबारदेखि तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । तर बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले भने तीन दिन विद्यालय हुँदा पठनपाठनमा अवरोध हुने बताएको छ ।

२१ हजार ९ सय ५५ मतदान केन्द्रहरु मध्ये अधिकांश मतदान केन्द्रहरु विद्यालयमा तोकिएको छ । मतगणनाको कार्यमा समेत पठपाठन थप अवरोध हुनेप्रति सिजपले सरकारलाई सचेत गराएको छ ।

‘विगतका वर्षहरुमा जस्तो मतदान केन्द्र राख्न विद्यालयको विकल्प छैन भन्न अब मिल्दैन’, विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक दलहरुलाई विद्यालयमा दलगत कार्यक्रम नगर्न आग्रह गरेको निर्वाचन आयोगले समेत मतदान केन्द राख्ने कुराको अब विकल्प सोच्नु पर्दछ ।’

विद्यालय शान्तिक्षेत्र हो भन्ने मान्यतालाई निर्वाचन आयोगले पनि व्यवहारमा लागु गर्न ध्यानाकर्षण गराइएको छ ।