बैतडीको पुर्चौडी ५ मा काँग्रेस र माओवादी कार्यकर्ताबिच झडप, २ जना घाइते

बैतडीको पुर्चौडी ५ मा काँग्रेस र माओवादी कार्यकर्ताबिच झडप, २ जना घाइते

बैतडी ।  बैतडीमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कार्यकताबीच झडप भएको छ। झडपमा २ जना घाइते भएका छन्। जिल्लाको पुर्चौडी नगरपालिका-५ सलेडीगाउँमा कांग्रेस र माओवादीका कार्यकर्ताबीच भलडप भएको हो। 

झडपमा कांग्रेसका कार्यकर्ता गोपाल बोहरा र माओवादी केन्द्रबाट वडा सदस्यका उम्मेदवार नरबहादुर बोहरा घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुवै जनाको टाउकोमा चोट लागेको छ। घाइते उनीहरु दुवै जनालाई उपचारका लागि धनगढी ल्याइएको छ। पुर्चौडीमा कांग्रेस र माओवादी मित्रवत् प्रतिस्पर्धामा चुनावी मैदानमा छन्।