बहाल, पूर्व मन्त्री र पूर्व सांसदले एकै मतदान स्थलमा मतदान गर्ने

बहाल, पूर्व मन्त्री र पूर्व सांसदले एकै मतदान स्थलमा मतदान गर्ने

दार्चुला । वर्तमान उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडू, पूर्वमन्त्री गणेश सिंह ठगुन्ना र पूर्व सांसद लक्ष्मण दत्त जोशीले दार्चुलामा स्थानीय तहको निर्वाचनमा एकै मतदानस्थलबाट मतदान गर्ने भएका छन् । 

महाकाली नगरपालिका वडा नम्बर ५ मा मतदाता नामावली भएका उनीहरुको मतदान स्थल अपिनाम्पा संरक्षण क्षेत्रको भवनमा परेको छ । मतदान अधिकृत रीति आचार्यका अनुसार बहाल मन्त्री बडू र पूर्वमन्त्री ठगुन्नाले मतदान केन्द्र क बाट मताधिकार प्रयोग गर्नेछन् । 

यस्तै पूर्व सांसद जोशीको नामावली ख केन्द्रमा परेको छ । बर्तमान मन्त्री बडू एक साता अघि गृह जिल्ला दार्चुला पुगेका थिए । बडू शुक्रवार मतदानपछि मात्रै काठमाडौँ फर्कदैछन् । 

बडू नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन भने ठगुन्ना नेकपा एमालेका पोलिट व्युरो सदस्य तथा जोशी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रहेका छन् ।