धनगढी–अत्तरिया ६ लेन सडक हस्तान्तरण अगावै चौराहामा कालोपत्रे चर्किन थाल्यो (फोटो फिचर)

धनगढी–अत्तरिया ६ लेन सडक हस्तान्तरण अगावै चौराहामा कालोपत्रे चर्किन थाल्यो (फोटो फिचर)

धनगढी । धनगढीको मोहना अत्तरिया छ लेन सडक निर्माण पुरा नहुँदै चौराहामै चर्किन थालेको छ । दुई वर्षमा निर्माण सम्पन्न हुनुपर्ने धनगढी–अत्तरिया ६ लेन सडक चार वर्ष बित्दा पनि अझै पनि पूर्णरुपमा सम्पन्न हुन सकेको छैन ।

मोहना पुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटर लम्बाई रहेको सडक खण्डको निर्माण कम्पनीले निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए पनि सडकको बिच भाग बाडै कालोपत्रे चर्किन थालेको छ । 

९० प्रतिशत बढी काम सम्पन्न भएको बताइए पनि धनगढीको ट्राफिक चौराहामै सडक चर्किन थालेपछि सडक गुणस्तरीय काम नगरिएको हो की भन्ने प्रश्न खडा भएको छ  । 

६ लेन सडक निर्माणको ठेक्का लुम्बिनी–राजेन्द्र जेभी, डाँफे–लामा र राजेन्द्र जेभी तथा शर्मा–नागार्जुन र अमर ठेकेदार कम्पनीले १ अर्ब ६० करोडमा लिएका हुन । 

सडकको क्षेत्राधिकारभित्रको निर्माण भएका संरचना हटाउनमै ढिलाइ भएको कारण समयमा सम्पन्न नभएको तथा लकडाउनको कारण पनि निर्माण कार्य प्रभावित भएकोले तेस्रो पटक म्याद थप्नुपरेको ठेकेदार कम्पनीका प्रतिनिधिहरूले बताएका छन् ।

बाँकी तस्बिर आफै बोल्छ...!