अर्काको नाममा मतदान गर्न खोजेपछि कञ्चनपुरकाे पुनर्वासमा मतदान स्थगित

अर्काको नाममा मतदान गर्न खोजेपछि कञ्चनपुरकाे पुनर्वासमा मतदान स्थगित

कञ्चनपुर । अर्काको नाममा मतदान गर्न खोजेपछि कञ्चनपुरकाे पुनर्वासमा मतदान स्थगित भएकाे छ ।

जिल्लाकाे पुनर्वास नगरपालिका वार्ड नम्बर  १० स्थित बिजय माध्यमिक विद्यालयमा रहेकाे मतदान केन्द्रमा बिबाद आए पछि मतदान प्रकृया अहिले स्थगित भएकाे हाे ।

फर्जी मतदान गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रमुख निर्वाचन अधिकृत किरण जोशीका अनुसार   मतदानका क्रममा विवाद उत्पन्न भएपछि मतदान स्थल सुरक्षीत गर्न सुरक्षा व्यवस्था जनाएको छ । सर्बदलिय बैठक बसिरहेकाे र केहि बेरमा पुन: मतदान सुचारु गरिने  जनाएको छ ।

बिहान ७ बजे देखि शान्तिपुर्ण ढंगले सुरु भएको मतदान दिउँसो बाह्र बजेतिर मृतक व्यक्ति र वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुको नामबाट मतदान गर्न खोज्दा विवाद उत्पन्न भएको थियाे।

तीन हजार १५ जना मतदाता रहेको वडामा नेकपा एमालेबाट राम बहादुर थापा,माओवादीबाट सुकदेव राना,राप्रपाबाट रतन बहादुर मल्ल र काङ्ग्रेसबाट धिरेन्द्र भट्ट वडाध्यक्षको प्रतिस्पर्धामा छन् ।  बिहान ७ बजेबाट सुरू भएको मतदानमा ७/८ सय मत खसेको जनाएको छ ।