जसपाका अध्यक्ष बाबुराम भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण

जसपाका अध्यक्ष बाबुराम भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाण्डाै । निर्वाचन आयोगले जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।

मतदान गर्ने क्रममा मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेको भन्दै आयोगले भट्टराईलाई २४ घण्टा भित्र स्पष्टिकरण सोधेको हो । डाक्टर भट्टराईले गोरखाबाट आज मतदान गर्ने क्रममा आफूले मत दिएको मतपत्र सार्वजनिक गर्नुभएको थियो ।