स्थानीय तह निर्वाचनः अहिलेसम्म कैलालीमा ४३ प्रतिशत बढी मत खस्यो

स्थानीय तह निर्वाचनः अहिलेसम्म कैलालीमा ४३ प्रतिशत बढी मत खस्यो

धनगढी । आज भईरहेको स्थानीय तह निर्वाचन अन्तरगत कैलालीमा अहिलेसम्म कूल ४३ प्रतिशत मत खसेको छ। १३ स्थानीय तहमा जम्मा ५ लाख २५ हजार १२५ हजार मतदाता रहेको कैलालीमा हालसम्म २ लाख २८ हजार २२९ जनाले मतदान गरेका हुन् । 
यो समाचार तयार पार्दा सम्म कूल मतदातामध्ये ४३ प्रतिशत मतदाताले मतअधिकार प्रयोग गरिसकेको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरु जानकारी दिए। 

कैलालीमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्र रहेका छन्। मतदान केन्द्रमा एक हजार २५० मतदान अधिकृत तथा सहायक अधिकृत, तीन हजार ५० कर्मचारी र एक हजार ८७५ स्वयम्सेवक खटिएका छन्। 

भने मतदानस्थल र मतदान केन्द्रमा मतदाताको उल्लेख्य सभागिता देखिएको मतदान अधिकृतहरुले बताएका छन्।