दार्चुलाका ७८ वर्षीय बुढाथोकी जो मतदान गरेको खुसी बाँड्न नपाउँदै अस्ताए

दार्चुलाका ७८ वर्षीय बुढाथोकी जो मतदान गरेको खुसी बाँड्न नपाउँदै अस्ताए

दार्चुला । दार्चुलामा मतदान गरेर फर्किएका एक वृद्धको निधन भएको छ । जिल्लाको महाकाली नगरपालिका–४ का ७८ वर्षीय पदमसिह बुढाथोकीको आज निधन भएको हो । 

बुढाथोकीले सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका वडा नम्बर ४ को महेन्द्र नमुना मतदान केन्द्रमा मतदान गरेका थिए । 

 मतदानपछि फर्किने बेला बुढाथोकीको मृत्यु भएको बताइएको छ ।