असल नेतृत्व छनौटका लागि भन्दै बैतडीमा १०१ बर्सिया बोहराद्वारा मतदान

असल नेतृत्व छनौटका लागि भन्दै बैतडीमा १०१ बर्सिया बोहराद्वारा मतदान

बैतडी । बैतडीमा १०१ बर्सिया वृद्धाले मतदान गरेकी छिन् । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ८ सेलाकी हाँसी बोहराले मतदान गरेकी हुन् । 

भूमिराज आधारभूत विद्यालय मतदान केन्द्रबाट उनले मतदान गरेकी सुर्नया गाउँपालिकामा काँग्रेसबाट उपाध्यक्षकी उम्मेदवार मञ्जु बोहराले बताइन् । मतदानमा सहभागी हुँदै बोहराले असल नेतृत्व छनौटका लागि आफूले मतदान गरेको बताइन् । 

आज बिहान मतदान केन्द्रमै पुगेर उनले मतदान गरेकी हुन् । उनले भनिन् ‘यो उमेरमा पनि आफ्ना प्रतिनिधि छनौट गर्नका लागि मतदान गर्न पाएकी छु । मलाई निकै खुसी लागेको छ ।’