मतदान लोकतन्त्रको मुख्य मेरुदण्ड हो, कामको मूल्याङ्कन जनताले गर्नेछन्: मुख्यमन्त्री भट्ट

मतदान लोकतन्त्रको मुख्य मेरुदण्ड हो, कामको मूल्याङ्कन जनताले गर्नेछन्: मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम सरकारमा मुख्यमन्त्री त्रिलोचन भट्टले डोटी पुगेर स्थानीय तहको निर्वाचनमा मतदान गरेका छन्। केआईसिंह गाउँपालिका–६ मा रहेको मतदान केन्द्रमा उनले मत खसालेका हुन्। 

मतदानपछि संक्षिप्त कुरा गर्दै उनले मतदान लोकतन्त्रको मुख्य मेरुदण्ड भएको बताएका छन्। लोकतन्त्रको अभ्यास गर्न पाउनु सबैभन्दा ठुलो कुरा भएको बताउँदै उनले अहिलेसम्म गरेको कामको मूल्याङ्कन जनताले मतदानबाट गर्ने उल्लेख गरे।