दार्चुलाको व्याँस गाउँपालिका–१ तिन्करमा ४ बजे नै सकियो मतदान, १३६ मत खसे

दार्चुलाको व्याँस गाउँपालिका–१  तिन्करमा ४ बजे नै सकियो  मतदान, १३६ मत खसे

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–१ को तिंकरमा मतदान सकिएको छ । कालापानी क्षेत्र तथा चीनको सीमाना नजिकको तिंकर गाउँमा ४ बजे नै मतदान सकिएको हो । 

तिंकरमा १३६ जनाले मतदान गरेका छन् । २३१ मतदाता रहेको तिन्करमा ७३ पुरुष र ६३ महिला गरि १३६ जनाले मतदान गरेका हुन् । तिन्करमा उपलब्ध मतदाताहरुको मतदान सकिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहले जानकारी दिए । 

यस्तै सोही क्षेत्रको व्याँस–१ छाङ्गरुस्थित कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको बताइएको छ । ती गाउँमा एकत्रित बस्ती भएकाले समयमै मतदान सकिएको हो ।