बाजुरामा ७ काँग्रेस कार्यकर्ता घाइते ,मतदाता परिचयपत्र चोरी

बाजुरामा  ७ काँग्रेस कार्यकर्ता घाइते ,मतदाता परिचयपत्र चोरी

बाजुराको बुढीगंगा नगरपालिका ५ भानोदय मावि मतदान केन्द्रमा एमालेका कार्यकर्ताले फर्जी मत खसाउन खोज्दा  कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ । ७ जना भन्दा बढी काँग्रेस कार्यकर्ता घाइते भएका छन्।

बाजुराको बुढीगंगा नगरपालिका ९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा स्थानीय विकास थापा  पक्राउ परेका छन्। जिल्लाको बुढीगंगा नगरपालिका ९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।  

२२ मध्ये २१ फिर्ता गराएको र एउटा अझै पाउन नसकिएकाले विकास थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।