बैतडी — बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ११ को अध्यक्षमा एमालेका जयदत्त पन्त विजयी भएका छन् । कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै एमालेका पन्त ३ सय ३४ मतका साथ वडा अध्यक्षमा विजयी भएका हुन् ।
पन्त यसअघि पनि उक्त वडाको अध्यक्ष थिए ।
यस्तै दलित महिला सदस्य पनि एमालेकै उम्मेदवार विजयी भएकी छन् । खुल्ला २ सदस्य र महिला सदस्यमा भने कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।