गौरीगंगामा सुरु भयो मतगणना

गौरीगंगामा सुरु भयो मतगणना

कैलालीको गौरीगंगा नगरपालिकामा मतगणना सुरु भएको छ । दुई वडाको एकै साथ मतगणना गर्ने तयारी भइरहेको छ । पहिलो चरणमा वडा नम्बर १ बाट मतगणना हुने भएको छ ।  प्रमुखमा एमालेबाट पदम सिंगाल,  गठबन्धनबाट एकीकृत माओवादीका देवीदत्त कडेल, मौलिक जरोकिलोका साबित्री गिरी, राप्रपाबाट सुवास कुवंर र स्वतन्त्र भान बहादुर ठगुन्ना बिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । 

उपप्रमुखमा एमालेबाट शान्ति देवी सिंह र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भोज बहादुर बम, राप्रपा नेपालका कमला बोहरा र मौलिक जरोकिलोका चेतराज साउँद  बिच प्रतिस्पर्धा हुने आकलन गरिएको छ । यहाँ ४०  हजार १८ मतदाता रहेकोमा २६ हजार ८ सय ८४ मत खसेको छ ।