निर्धारित समयभन्दा डेढ घण्टा ढिलो गरि सुरु भयो धनगढीको मतगणना

निर्धारित समयभन्दा डेढ घण्टा ढिलो गरि सुरु भयो धनगढीको मतगणना

निर्धारित समयभन्दा डेढघण्टा ढिलो गरि धनगढी उपमहानगरपालिकाको मतगणना सुरु भएको छ।

यसअघि बिहान बसेको सर्वदलीय बैठकले ११ बजेबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो। तर भर्खरैमात्रै धनगढीमा मतगणना कार्य सुरु भएको हो।

धनगढी नगरपालिका कार्यालयको नयाँ भवनमा हुने मतगणनाको लागि सुरक्षा व्यवस्था निकै कडा पारिकएको छ। पत्रकारलाई समेत भवनको गेटबाहिरै रोकिएको छ।

धनगढीमा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार कांग्रेसका नृपबहादुर वड, स्वतन्त्र उम्मेदवार गोपाल हमाल र एमालेका रणबहादुर चन्दबीच कडा प्रतिस्पर्धा हुने आकँलन गरिएको छ।

मतपेटिका समयमा नआईसकेका कारण शुक्रबार राति मतगणना हुन सकेको थिएन।

शनिबार बिहान बसेको सर्वपक्षीय बैठकपछि मतगणना बिहान ११ बजेबाट सुरु गर्ने निर्णय भएको थियो । तर उक्त समयमा पनि मतगणना हुन सकेको थिएन ।